Comments Add Comment

४७ जना सवार पाकिस्तानी बिमान दुर्घटना, सबैको मृत्यु भएको आशंका

pakistani-plane-crash

२२ मंसिर, काठमाडौं ।  चालक दलका ५ सदस्यसहित ४७ जना सवार पाकिस्तान एयरको बिमान उत्तरी पाकिस्तानमा दुर्घटनामा परेको छ ।

पाकिस्तान एयरलाइन्सले जारी गरेको बिज्ञप्तिमा भनिएको छ कि फ्लाइट पीके-६६१ बिमान उत्तरी शहर चित्रालबाट राजधानी इस्लामाबादका लागि उडेको केहि समयमै सम्पर्कबिच्छेद भएको र दुर्घटनामा परेको हो ।

स्थानीय समयअनुसार बिमान अपरान्ह ३ः४० चित्रालबाट उडेको थियो भने ४ः१५ बजे सम्पर्क बिच्छेद भएको थियो । बिमान राजधानी इस्लामाबादबाट ७५ किलोमिटर टाढा हेभालियनको करपाल गाउँमा दुर्घटनामा परेको पुष्टि भएको छ ।  र, विमानमा सबार सवैको मृत्यु भएको हुनसक्ने अधिकारीहरूले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment