Comments Add Comment

अब क्रिकेटमा पनि रातो कार्ड !

red-card-in-cricket

२२ मंसिर, काठमाडौं । जब फुटबलरले मैदानमा गल्ती गल्ती गर्छ, उसले रातो कार्ड पाउँछ र मैदान छाड्छ । तर, क्रिकेटमा ? अहिलेसम्म कुनै व्यवस्था छैन ।

तर, अर्को वर्ष पहिलो क्रिकेटमा पनि रातो कार्ड प्रयोग हुने भएको छ । खेलाडीले गम्भीर अनुशासन उल्लंघन गरेमा अम्पायरले रातो कार्ड दिएर खेलबाट हटाउन सक्नेछन् ।

एमसीसी विश्व क्रिकेट कमिटीका सदस्य रिकी पोन्टिङले तल्लो लेभरको क्रिकेटमा परिर्वतनबारे कुराकानी भइरहेको बताए ।

बीबीसीका अनुसार यो नयाँ नियम एसीसीसीको मुख्य कमिटीले अनुमोदन गरेमा सबै लेभरको क्रिकेटमा १ अक्टोबर २०१७ बाट लागू हुनेछ ।

प्रस्ताव अनुसार तीन गल्तीमा खेलाडीले रातो कार्ड पाउन सक्छन् । अम्पायरलाई धम्क्याएमा, अरु खेलाडी, अम्पायर, अफिसियल वा दर्शकमाथि आक्रमण गरेमा वा मैदानमा हिंसाजन्य अन्य कुनै काम गरेमा रातो कार्ड दिइनेछ ।

यो कमिटीले रन पेनाल्टी लगायतका अरु नियमबारे समेत छलफल गरिरहेकेा पोन्टिङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment