Comments Add Comment

केही साताभित्र भारतसँगको इन्टरनेट निर्भरता अन्त्य हुँदै

internet speed२३ मंसिर, काठमाडौं । अवको केही साताभित्र नेपालको भारतसँग रहेको इन्टरनेट निर्भरता हट्ने भएको छ ।

नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच रसुवाको जिलोङ गेटवे हुँदै चनी र नेपाललाई स्थलीय केवल मार्ग बाट जोड्न नेपाललाई आईपी सर्भिस उपलव्ध गराउनेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

भारत हुँदै प्रयोग गरिएको रुटबाहेर अन्तर्राष्ट्रिय कनेक्टीभिटीका लागि यो अर्को महत्वपूर्ण विकल्प भएको समाचार आजको गोरखापत्रमा छापिएको छ ।

हाल नेपालमा भारतबाट भैरहवा, रक्सौल र वीरगन्ज नाकाबाट अप्टिकल फाइबरमार्फत इन्टरनेट ल्याइएको छ ।

अहिले नेपालले भारतका वीएसएनएल, टाटा, एयरटेल भारत पन्जाव र रिलायन्स कम्पनीबाट इन्टरनेट ल्याइरेहेको छ । चीनसँगको इन्टरनेट कनेक्सनबाट भारतसँग निर्भरता हट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment