Comments Add Comment

लिसेस्टरमाथि पोर्टोको शानदार जित

fc-porto

२३ मंसिर, काठमाडौं । नकआउट चरणका लागि छनौट भइसकेको लिसेस्टर सिटीले च्याम्पियन्स लिगगमा एफसी पोर्टोसँग लज्जास्पद हार व्यहोरेको छ ।

बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्टोले लिसेस्टरमाथि ५-० को फराकिलो जित हात पारेको हो ।

अन्तिम १६ मा स्थान बनाउन पोर्टोलाई जित अनिवार्य थियो । अर्को खेलमा एफसी कोपनहेगनले क्लब बर्गलाई हराएको थियो । पोर्टोले लिसेस्टरमाथि शानदार जित हात पाछि नकआउट चरणमा पुगेको छ ।

समूह जीमा रहेको लिसेस्टर १३ अंकसहित समूह विजेता बन्यो भने ११ अंक जोडेको पोर्टो उपविजेता रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment