Comments Add Comment

काठमाडौंमा गुड्ला त मोनो रेल ?

२३ मंसिर, काठमाडौं । काठमाडौंमा शहरी पारवहन (मोनो रेल) सञ्चालनका लागि लगानी बोर्डले तीव्रगतिमा गृहकार्य अगाडि बढाएको छ ।

Trainकाठमाडौंमा मोनो रेल र मेट्रो रेलको विकास निर्माण र सञ्चालनका लागि अध्ययन गर्ने जिम्मा पाएसँगै बोर्डले गृहकार्यलाई तीव्रता दिएको हो ।

काठमाडौं मोनो रेल सञ्चालनका लागि मोनो रेल कम्पनी प्रालीले प्रस्ताव गरेको छ भने यसले प्रारम्भिक सम्भाव्यता अध्ययन गरेर त्यसको प्रतिवेदन बोर्डलाई बुझाएको छ ।

बोर्डले उक्त प्रतिवेदन अध्ययन गरिरहेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्रस्तावक कम्पनीले निर्देशन दिइए अनुसार प्रतिवेदन बुझाइसकेपछि त्यो प्रतिवेदन हेरेर निर्णय लिने जनाएको आजको नेपाल समाचारपत्रमा समाचार छ ।

कक्पनीले बुझाएको अध्ययन प्रतिवेदनमा आर्थिक र प्राविधिकरुपमा केही अस्पस्ट भएपछि बोर्डले बैशाखमा ४ महिनाको समय सीमा तोकेर फेरि विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाउन समय तोकेको थियो । उो प्रतिवेदन केही दिनभित्रै आइपुग्ने जनाइएको छ ।

प्रारम्भिक प्रतिवेदनअनुसार मोनो रेल भित्रि रिङरोडमा २७ किमीमा सञ्चालन हुनेछ । भने सो रेल दोहोरो ट्रयाकमा सञ्चालन हुने प्रतिवेदनमा उल्लेख छ । परियोजना सम्पन्न गर्न कम्पनीले ४६ अर्ब लाग्ने अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment