Comments Add Comment

संशोधन प्रस्ताव फिर्ता लिनुको विकल्प छैनः नेपाल

madhav-nepalअमेरिका । नेकपा एमालेका नेता माधवकुमार नेपालले सरकारले पेश गरेको संविधान संशोधन फिर्ता गर्नुको विकल्प नभएको बताएका छन् ।

अमेरिका भ्रमणबाट स्वदेश फर्कने क्रममा  सञ्चारकमीसँग कुरा गर्दै नेता नेपालले संशोधनका कारणा देशका विभिन्न स्थानमा विरोध भएको भन्दै त्यसलाई फिर्ता लिन प्रचण्ड नेतृत्वको सरकारलाई आग्रह गरे ।

नेता नेपालले जनतालाई भन्दा अरुलाई खुसी पार्न संशोधन प्रस्ताव आएको दावी गरे । ९० प्रतिशत भन्दा धेरैले पारित गरेको संविधानमा संशोधन गर्न जरुरी नभएको नेता नेपालको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन भन्दा कार्यन्वयन तर्फ लाग्नुपर्नेमा उनको जोड थियो । नेता नेपालले राजनीतिक विवाद छाडेर आर्थिक विकास तर्फ अगाडि बढ्नु पर्ने बताए ।

नेता नेपाल गत नाभेम्बर २८ देखि डिसेम्बर १ तारिखसम्म भएको अतराष्ट्रीय नेतृत्व सम्मेलनमा सहभगिता  जनाउन अमेरिका आएका हुन् ।

उक्त सम्मेलन मा ५६ देश का पूर्वप्रधान मन्त्री, सभामुख, मन्त्रीहरुको सहभागिता रहेको थियो । सम्मेलनमा मौसम परिवर्तन, आतंकबाद लगायतका विषयमा छलफल भएको नेता नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment