Comments Add Comment

प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्दै सभामुख

Onsari-Gharti२३ मंसिर, काठमाडौँ । राजनीतिक गतिरोध अन्त्य गर्न सभामुख ओनसरी घर्तीमगरले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्दै छिन् ।

सभामुख घर्तीले  आज दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्ने कार्यक्रम रहेकाे उनका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए ।

सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग भने शुक्रबार छलफल गर्ने कार्यक्रम तय गरिएको छ । सरकारले ल्याएको संविधान संशोधनपछि उत्पन्न परिस्थिति, राजनीतिक दलबीचमा देखिएको संवादहीनता, महाअभियोग र आगामी निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment