Comments Add Comment

च्याम्पियन्स लिगको नकआउट चरणमा कुन–कुन टिम ? सम्भावित प्रतिद्वन्द्वी को ?

champions-league-round-of-16२३ मंसिर, काठमाडौं । बुधबार रातिको खेलसँगै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

ला लिगाबाट सबैभन्दा धेरै चार टोली, बार्सिलोना, रियल मड्रिड, एथलेटिको मड्रिड र सेभिल्लाले नकआउट चरणमा स्थान बनाउन सफल भएका छन् । बुन्डेजलिगाबाट बार्यन म्युनिख, बोरुसिया डर्टमुन्ड र बार्यन लिभरकुसन तथा प्रिमियर लिगबाट लिसेस्टर, म्यानचेष्टर सिटी र आर्सनल छनौट भएका छन् ।

नकआउट चरण पुग्ने अन्य टोलीमा इटालियन सिरिएबाट युभेन्टस र नापोली छन् भने फ्रान्सको लिग वानबाट पीएसजी र मोनाको छन् । पोर्चुगलको क्लब पोर्टो र बेन्फिकाले पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएका छन् ।

र, अब सबैको चासो नकआउट चरणमा कुन टोलीले को प्रतिद्वन्द्वी पाउँछ भन्नेमा छ । आगामी सोमबार ड्र हुनेछ । यो पटक उपाधिको दाबेदार मानिएका रियल मड्रिड, बार्यन म्युनिखसहितका क्लब समूह उपविजेता भएकाले पनि यो ड्र धेरैका लागि चासोको विषय बनेको छ ।

कसको सम्भावित प्रतिद्वन्द्वी को ?

साविकको विजेता रियल मड्रिड समूह एफको उपविजेता हो । यससँगै उनले बार्यन म्युनिख, म्यानचेष्टर सिटी र पेरिस सेन्ट जर्मेनसँग खुल्नु नपर्ने भएको छ । र, आफ्नै समूहको विजेता बोरुसिया डर्टमुन्ड पनि उसको प्रतिद्वन्द्वी हुनेछैन ।
यस्तोमा स्पेनिस जाइन्टले आर्सनल, नापोली, युभेन्टस लिसेस्टर सिटी र मोनाको मध्ये एकसँग खेल्ने स्म्भावना छ ।

बार्सिलोना समूह सीको विजेता हो । त्यसैले उसको प्रतिद्वन्द्वीमा यो पटक बार्यन म्युनिख र पीएसजी पर्न सक्छ । यसका साथै पोर्चुगलको दुई क्लब पोर्टो र बेन्फिकाका साथै बार्यन लिभरकुसन पनि हुनसक्छ ।

समूह डीको विजेता एथ्लेटिको मड्रिडले पीएसजीसँगै म्यानचेष्टर सिटीसँग अन्तिम १६ मा खेल्ने सम्भावना छ । यसका साथै पोर्टो, बेन्फिका र बार्यन लिभरकुसन पनि उसको सम्भावित प्रतिद्वन्द्वी हुन् ।

आर्सनलले बार्यन लिभरकुसन, बार्यन म्युनिखm बेन्फिका, रियल मड्रिड, पोर्टो र सेभिल्ला प्रतिद्वन्द्वी पाउने सम्भावना छ ।
म्यानचेष्टर सिटीले एथ्लेटिको मड्रिड, बोरुसिया डर्टमुन्ड, युभेन्टस, नापोली र मोनाको तथा लिसेस्टरले बार्यन लिभरकुसन, बार्यन म्युनिख, बेफिन्का, पीएसजी, रियल मड्रिड र सेभिल्ला मध्ये एक प्रतिद्वन्द्वी पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment