Comments Add Comment

विदेशीले गरे लमजुङको सडक र पार्क सरसफाइ

२३ मंसिर, लमजुङ । भ्रमण तथा अध्ययनको सिलसिलामा आएका विदेशी पर्यटकले लमजुङको सडक र पार्कमा सरसफाइ गरेका छन् ।

lamjungबेसीसहर नगरपालिकासँग समन्वय गरी विदेशी २२ जनाको समूहले बेसीसहरको सडक र दनाइफाँटमा रहेको कर्पुरेश्वर पार्कमा सरसफाइ गरेका हुन् । अमेरिकाको वासिङ्टनस्थित वल्र्ड क्लास एकेडेमीमा अध्ययनरत २२ जना विदेशी युवा ब्यानरसहित सडक र पार्क सरसफाइमा जुटे । उनीहरुले दिउँसोको नियमित अध्ययनलाई छोट्याएर साँझको समयमा सरसफाइ गरेका हुन् ।

बेसीसहर नगरपालिकाका कार्यक्रम अधिकृत सन्तोष दनाईंका अनुसार विदेशी युवाले पार्कसम्म पुग्ने सडक सरसफाइ गर्नुका साथै पार्कमा लगाइएका बिरुवा गोडमेल गरेका थिए । उनीहरुले राखेको ब्यानरमा ‘घरबाट निस्कने फोहोरलाई मोहोरमा बदलौँ, बेसीसहर नगरपालिकालाई वातावरणमैत्री नगर बनाउँ’ भन्ने नारा लेखिएको थियो ।

विदेशी पर्यटकको समूह हातमा कुचो, झाडु लिएर सडकमा निस्किएको देखेपछि स्थानीयवासी चकित भएका थिए । केही स्थानीयवासीले उनीहरुसँगै सरसफाइमा पनि साथ दिएका थिए । नगर सरसफाइ कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत धर्म लम्सालसहित नगरपालिकाका कर्मचारीको पनि सहभागिता थियो ।

नियमित अध्ययनसँगै विद्यार्थीले केही दिनयता खुदीदेखि बेसीसहरसम्मको दूरीमा मस्र्याङ्दी नदीमा कायाकिङ (डुंगा शयर) पनि गर्दै आएका छन् । अध्ययन र भ्रमणका लागि एक साताअघि लमजुङ आएका उनीहरु अझै एक साता यहीँ रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment