Comments Add Comment

एप अपडेट गर्न गुगलले ल्यायो नयाँ प्रविधि, अब कम डाटा र स्पेस खर्चिएर एप अपडेट हुने

google-playस्मार्टफोनमा पटक पटक एप अपडेट गर्नु निकै झन्झटिलो काम हो । यदि एप अपडेटका लागि वाइफाइको साटो मोबाइल डाटा प्रयोग गरियो भने त एप अपडेटमै मनग्गे रकम खर्च हुन्छ ।

वाइफाइको पहुँच नहुने र एप अपडेटका लागि धेरै मोबाइल डाटा खर्चिनुपर्ने बाध्यतामा रहेका मानिसहरुका लागि गुगलले एउटा राहत प्रदान गर्ने खबर ल्याएको छ । अब एपको अपडेट पहिलेको तुलनामा छिटो र सस्तो हुनेछ ।

गुगलका अनुसार उसले एन्ड्रोइड एप्स अपडेट गर्नका लागि नयाँ प्रविधिको प्रयोग गर्नेछ । जस अनुसार एप अपडेट गर्नका लागि पूरै एपिके फाइ डाउनलोड गर्नुपर्ने छैन । नयाँ अपडेट रहेको प्याच डाउनलोड गरेमात्र पुग्नेछ ।

गुगलले यसअघि एप अपडेटको साइज ४७ प्रतिशत घटाउनका लागि बिएसडिआइडीड एल्गोरिदम पेश गरेको थियो । उक्त एल्गोरिदमले अपडेटको साइज मूल एपिके साइजको तुलनामा ४७ प्रतिशत बनाइदिन्छ । तर अहिले कम्पनीले फाइल बाइ फाइल प्याचिंग प्रविधि ल्याएको छ । जसले अपडेटको साइज ६५ प्रतिशत सम्म कम हुन्छ । कतिपय अवस्थामा त यसले अपडेट फाइलको साइज ९० प्रतिशत सम्मले घटाइदिन्छ ।

फाइल बाइ फाइल प्याचिंग प्रविधिमा पूरानो तथा नयाँ फाइलको तुलना गरी फरक पहिचान गरिन्छ । त्यसक्रममा फोनमा रहेको एपिके र प्ले स्टोरमा रहेको एपिके मेल खाएसँगै प्याच सुचारु हुन्छ ।

गुगलका अनुसार सन् २०१५ यता बजारमा आएका एन्ड्रोइड डिभाइसले यो प्रविधिको प्रयोग गरी तिव्र्र रुपमा एप अपडेट गर्न सक्नेछन्। अहिले गुगलले यो प्रविधिलाई केवल अटो अपडेटका लागि मात्र जारी गरेको छ । म्यानुअल अपडेटका लागि यो प्रविधिलाई कहिले उपलब्ध गराइने भन्ने कुरा खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment