Comments Add Comment

हुम्लाको बुराउसेका होम स्टेमा पर्यटकको चाप

humla-home-stay-10
२३ मंसिर, हुम्ला । हुम्लाको बुराउसेमा ‘होम स्टे’मा बास बस्ने जानेको संख्या बढ्दै गएको छ । मानसरोबर जाने तिर्थ यात्रुहरुको चाप बढे लगत्तै हुम्ला जिल्लामा सञ्चालित पहिलो होम स्टेमा बास बस्नेको सख्या बढेको हो ।

हुम्लाको सदरमुकाम सिमिकोटबाट एक घण्टाको पैदल यात्रा पश्चात सहजै पुग्न सकिने बुराउसेको ९ वटा घरमा होम स्टे सञ्चालनमा छ ।

humla-home-stay-1
हुम्लाकै पहिलो सामुदायिक होम स्टे चेलेको हो, बुराउसेमा । ग्रेट हिमालय टे्रल विकास कार्यक्रमले ६ वर्षअघि तालिम दिएर हौस्याएपछि गाउँलेहरुले चार घरबाट होम स्टे शुभारम्भ गरेका थिए ।

नेपालमा आएको महाभूकम्प पश्चात मानसरोबर जाने नाका तातोपानी नाका बन्द भएपछि हुम्लाको सीमीकोट नाका भएर जाने भएपछि हुम्लामा पर्यटकको आगमन उल्लेखनीय बृद्धि भएको हो ।

हिन्दुहरुको पवित्र तिर्थ स्थल मानसरोबर जाने प्रमुख मार्ग मध्य एक हो, हुम्लाको सिमीकोट । यो नाका भएर गएको सिजनमा १० हजार भन्दा बढी भक्तजन मानसरोबार गए । हुम्लाको सिमिकोटमा प्रयाप्त होटल नहुँदा बुराउसेका होम स्टेले पनि निकै सहयोग पुगेको छ ।

humla-home-stay-6
हुम्ला सदरमुकाम सिमकोट बजार र बुराउँसे गाउँ दुबै एउटै गाविसमा पर्छन् । सिमकोट गाविस वडा नं ७ र ८ को बस्ती बुराउसे २९६० मिटरको उचाइमा छ ।

यो गाउँमा ६ सय जनसंख्या छ । होम स्टेमा आउने पाहुनाहरुलाई स्याब्रु नाच समेत देखाउने गरिएको छ । पाहुनालाई नाच देखाउन सजिलो होस् भनेर युनेस्को, जिविस, र गाविसको सहयोगमा सामुदायिक भवनमा बनाइएको छ ।

त्यही सबै भेला भएर सांस्कृतिक कार्यक्रम देखाउँछन् । त्यसमा स्याब्रु, बाक्पा, महाँकाल नाच देखाउँछन् । अन्यत्र सञ्चालन भएको होम स्टेहरुमा नाच देखाउँदा यसको मुल्य लिने गरे पनि हुम्ला भने मूल्य तोकिएको छैन । तर, होम स्टेमा आएका पाहुनाहरुले स्वेच्छाले दिएको रकम स्वीकार गर्छन् ।

humla-home-stay-4
सदरमुकाम सिमकोट बस्नेहरु विदाको समय तथा त्यहाँ जागिर खानेहरुले बिदाका दिन बुराउसे पुगेर खानपिन गरेमा गाउँलेलाई सहयोग पुग्ने बताउछन्, कणर्ाली पर्यटन उद्यमी समाजका अध्यक्ष जंग लामा । भिजिट कणर्ालीका प्रबन्ध निर्देशक राजु कार्की बुराउसेका होम स्टेबारे प्रचारप्रसारको अभाव रहेको बताउँछन् ।

हुम्लाको सिमिकोट एयरपोर्टमा बुराउसे होम स्टेको सचित्र जानकारी दिने बोर्ड राख्न जरुरी रहेेको बताए । होमस्टे पर्यटन प्रबर्द्धन गर्न देशमा धेरै संघ/संस्था खुलेका छन् ।

humla-home-stay-2
नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय, तारा गाउँ विकास समिति, गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल, होमस्टे एशोसियसन लगायत विभिन्न संस्थाहरु क्रियासील रहेका छन् । तर बुराउसे जस्ता स्थानहरुमा उनीहरुको उपस्थिती देखिँदैन ।

बुराउसेको होम स्टेहरुमा पाहुनालाई गरिने सत्कार, गाउँको पूर्वाधार विकास, प्रचार र तालिममा हातेमालो गरेमा झन राम्रो हुने तर्क राख्छन् अध्यक्ष लामा ।

humla-home-stay-3
बुराउसे सामुदायिक होमस्टेका अध्यक्ष पामा तेन्जिङ लामाले होम स्टेमा नेपाली भन्दा विदेशी बढी बास बस्ने गरेको बताए । विदेशीसँग भने भाषाको समस्या हुने गरेको बताए । होम स्टेका सञ्चालहरुकले सोचेजति पर्यटक आएका छैनन् ।
humla-home-stay-5
humla-home-stay-7
humla-home-stay-9
humla-home-stay-8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment