Comments Add Comment

कम विकशित देशमा क्यान्सर विरामी ५० प्रतिशत बढी

Lung-Cancerविश्वव्यापी रुपमा सन् २००५ देखि २०१५ को बीचमा क्यान्सर रोगका घटनामा ३३ प्रतिशतले वृद्धि भएको छ । कम विकसित देशमा क्यान्सर अझै तिव्र रुपमा बढिरहेको र यो अवधिमा क्यान्सर रोगका घटनामा ५० प्रतिशतले वृद्धि भएको ग्लोबल बर्डन अफ डिजिज कोलाबोरेसनको एक अध्ययनले देखाएको छ ।

त्यस्तै उच्च विकशित देशहरुमा क्यान्सरका ४४ प्रतिशत नयाँ मामिला सार्वजनिक भएका छन् ।

रिपोर्ट अनुसार सन् २०१५ मा विश्वभर क्यान्सरका १ करोड ७५ लाख नयाँ मामिला बाहिर आए र ८७ लाख मानिसको मृत्यु भयो ।

क्यान्सर विश्वमा मुटुरोगपछि मृत्युको दोश्रो ठूलो कारणको रुपमा रहेको छ । तर क्यान्सर रोग विकसित हुने तथा यसबाट मर्नेको कारण भने नितान्त भिन्न छ र तपाइँ कस्तो देशमा बस्नुहुन्छ भन्ने कुरामा निर्भर रहन्छ ।

अमेरिकाको वाशिंटन विश्वविद्यालयका सहायक प्राध्यापक तथा प्रमुख शोधकर्ता क्रिस्टिना फिटमउरिसका अनुसार विश्वमा क्यान्सर निकै तिव्र गतिमा फैलिरहेको छ ।

एनका अनुसार क्यानसरका नयाँ मामिलाको संख्या विश्वमा हरेक क्षेत्रमा बढिरहेको छ र यसले अत्याधुनिक स्वास्थ्य प्रणालीमा दबाब सिर्जना गरिरहेको छ । तर यसको सबैभन्दा तिव्र तथा दुखदायी प्रभाव कम विकसित देशमा देखिइरहेको छ । जसले यसलाई सहन सक्दैनन् ।

अध्ययनका क्रममा शोधकर्ताहरुले क्यान्सरका ३२ प्रकार तथा १९५ देशका सामाजिक जनसांख्यिकिय सूचकांक (एसडीआइ) को विश्लेषण गरे । एसडिआइमा शिक्षा, आय, प्रजननको संयुक्त अध्ययन गरियो ।

उपरोक्त अध्ययनबाट सबै प्रकारहरुमध्ये सबैभन्दा धेरै मात्रामा रहेको क्यान्सरको प्रकारमा स्तन क्यान्सर, श्वासनली तथा फोक्सोको क्यानसर रहेको देखियो । जसबाट वर्षेनी १२ लाख मानिसको ज्यान जान्छ । त्यसपछि पेट, मलद्धार, आन्द्रा लगायतको क्यान्सर रहने गरेको छ । अध्ययन अनुसार गत वर्ष विश्वमा स्तन क्यान्सरबाट ५ लाख २३ हजार जनाको ज्यान गयो ।

शोधकर्ताहरुले सरकारी एजेन्सी तथा निजी क्षेत्रहरुलाई क्यानसर रोकथामका प्रयासलाई बढावा दिन आग्रह गरेका छन् । खासगरी कलेजो तथा गर्भाशयको क्यान्सर जस्ता प्राणघातक क्यानसरको प्रकोप उच्च रहेका कम विकशित देशहरुमा बढि होसियारी अपनाउनुपर्ने शोधकर्ताको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment