Comments Add Comment

दयाहाङले दर्शकलाई भने-निरास हुनु पर्दैन

dayahang rai

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘पुरानो डुंगा’ मा दयाहाङ राईको कमजोर अभिनय देखेपछि धेरैले टिप्पणी गरे ‘अब दयाहाङको दिन गयो’ । केहि चलचित्र असफल हुने बित्तिकै उक्त चलचित्रमा अभिनय गर्ने कलाकारको समेत करिअर धरापमा पर्ने गरेको छ । त्यस अर्थमा दयाहाङको विषयमा चिन्ता गर्नु अस्वभाविक थिएन ।

पुरानो डुंगा हेरेर निराश भएका दर्शकलाई उनले आग्रहको भाषामा भनेका छन् ‘निरास हुनु पर्दैन, सेतो सूर्य हेरेपछि तपाई खुसी हुनु हुनेछ’ ।

शुक्रवारदेखि रिलिज हुने सेतो सूर्यमा एक माओवादी छापामारको भुमिका निर्वाह गरेका छन् । शसस्त्र द्धन्द्धको वेला एउटा परिवारमा उत्पन्न विवाद र त्यसले वाल मनोविज्ञानमा परेको प्रभावमाथि चलिचत्र बनेको छ ।

दीपक रौनियार निर्देशित सेतो सूर्यले केहि अन्तराष्ट्रिय प्रतियोगितामा अवार्ड हात पारिसकेको छ । पुरानो डुंगामा कथा बाचन शैलिमा केही कमजोरी भएको स्वीकार्ने दयाहाङले आगामी दिनमा आफु अझै मेहनती हुने पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment