Comments Add Comment

सीमांकन हेरफेरको बिरोधमा गुल्मी बन्दको आज नोवौं दिन, जनजीवन कष्टकर

gulmi-aandolan

२३ मंसिर, गुल्मी । सरकारले प्रदेशको सीमांकन हेरफेरसहित संविधान संशोधन बिधयेक संसदमा दर्ता गरेको बिरोधमा आहृवान गरिएको अनिश्चितकालीन गुल्मीबन्दले जनजीवन कष्टकर बन्दैगएको छ ।

सीमांकन हेरफेर गर्दा पाँच नम्बर प्रदेशका पहाडी जिल्ला टुक्र्याएको बिरोधमा गुल्मी जिल्ला ९ दिनदेखि बन्द आहृवान गरिएको छ । बन्दकर्ताले बिहानैदेखि सवारी तथा बजार भन्द गराउन आदेश दिँदै हिँडेका छन् भने कलकारखाना तथा जिल्लाबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी नचलाउन चेतावनी दिइरहेका छन् ।

संयुक्त आन्दोलन समितिलेले गुल्मीमा बिहीवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पार्न धर्ना दिइरहेका छन् । अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानीय राजनीति कदल, बिभिन्न बिद्यार्थी संगठन लगायत स्थानीयवासीकै सक्रियतामा बन्द आयोजना गरिएको हो ।

आन्दोलनलाई थप सशक्त बनाउन मंसिर २४ गते जिल्लास्थित व्यापारिक केन्द्रहरु शान्तिपुर, वामीटक्सार, मजुवा, खैरेनी, रिडी, बलेटक्सार, सिमलटारी पुर्कोट दहमा वृहत विरोध सभा गर्ने आन्दोलन समितिको निर्णय छ ।

अनिल खत्रीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment