Comments Add Comment

नकरात्मक सोच राख्ने मेरा साथी बन्न सक्दैनन्ः सुनिता दुलाल

sunita-dulal
गायिका सुनिता दुलाल एकसाथ तीन एल्बम ल्याउने तयारीमा छिन् । लोक, आधुनिक, राष्ट्रिय सबै खालका गीतमा स्वर दिएकी सुनिता सामाजिक सञ्जालमा राम्रो प्रभाव पार्ने गायिका हुन् । मिजासिली स्वभावकी सुनिताले पछिल्लो समय अनलाइनसपिङको ब्यापार सुरु गरेकि छिन् भने आफ्नै अनलाइन समेत सुरु गर्ने योजनामा छिन् । उनै गायिकासँग अनलाइनखबरले गरेको टी-टकः

बिहान कति बजे उठ्नु हुन्छ ?
ढिलोमा ६ बजे उठीसकेको हुन्छु । कहिले लेटनाईट भएको छ भने आठ पनि बज्छ ।

उठेपछि ?
हामीले घरमा काम गर्ने मान्छे राखेका छैनौ । हामी घरको काम आफैं गर्छौ । त्यसकारण पनि हामीले हल्का शारीरिक श्रम गर्छौ । मैले योगाका केही आईटम सिकेको छु र घरमै गर्छु पनि ।

ब्रेकफाष्टमा के खानु हुन्छ ?
ब्रेकफाष्टमा पनि यहि भन्ने छैन । जसलाइ जे मन लाग्छ त्यहि बनाएर खाने चलन छ । जौको सातु, फलफुल अण्डा लगायत खान्छौं ।

प्राय घरवाट कतिबजे निस्कनु हुन्छ ?
रेकडिङ लगायत स्टुडियोको काम नौ बजे सुरु हुने भएकाले आठ बजे घरवाट निस्किसक्छु । मेरो दिदीको घर महाराजगञ्जमा भएकाले दिउसोको खाना म प्राय दिदीकै घरमा खान्छु ।

आजको कार्यक्रम ?
मेरो राष्ट्रिय गीतको एरेन्ज महाराज थापाले गर्नु भएको छ । अहिले एकछिनमा उहाँलाई भेट्नु छ । दिउसो पि्रज्मा स्टुडियोमा पनि पुग्नु छ । प्रकाश कटुवाल र कुमार बिबाहितसँग पनि भेटघाट गर्नु छ । अनलाइन सपिङ सुरु गरेकि छु । क्यानडावाट आएको बिहेको सामान पठाइदिनु छ । एकछिन बुटिकमा पनि जानु पर्ने भएको छ ।

दिनमा कतिलाई नमस्कार गर्नु हुन्छ होला ?
खै त्यो त कसरि भनु , गाडीमा हिँड्दा पनि बाटोमा देख्नेहरु मध्ये कतीले नमस्ते भन्नु हुन्छ । सपिङमा जाँदा उस्तै भेट हुन्छ । कति हो कति हिसाबै गरेको छैन । मैले पनि गर्छु, मलाइ पनि गर्नुहुन्छ ।

फेशबुक कत्तिको चलाउनुहुन्छ ?
म त २४ सै घण्टा अनलाइनमा हुन्छु । कुरा गर्नुपर्नेहरुसँग समय मिलाएर कुरा गर्छु ।

ब्लक कतिलाई गर्नु भयो ?
त्यस्तै ७/८ जना जतिलाई गरें होला । जो नकारात्मक सोच राख्छ उसलाई ब्लक गर्छु ।

दिनमा कति खर्च गर्नुहुन्छ ?
मोबाईल, गाडीमा तेल गरेर कम्तिमा एक हजार खर्च हुन्छ ।

ज्योतिषलाई हात हेराउनु भएको छ ?
एक पटक हेराएको छु । अलि अलि विश्वास पनि लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment