Comments Add Comment

फेसबुकमा ‘बर्थडे इन्भिटेशन’, १२ लाख आउन तयार

facebook

फेसबुकमा पोष्ट गर्ने समयमा यदि फ्रेण्ड्स ओन्लीको सट्टा पब्लिक हुँदा कहिले काहीँ साह्रै दुःख दिन्छ ।

मेक्सिकोमा एक पिताले आफ्नो छोरीको १५ औं जन्मदिनको निम्तो दिँदै एक भिडियो फेसबुकमा पोष्ट गरे । १२ लाखले कन्र्फम गरे कि उनीहरु पार्टीमा आउन तयार छन् ।

पब्लिक सेटिङमा भिडियो पोष्ट हुँदा ८० लाखले शेयर गरे । र, भाइरल भयो । यति मात्र होइन, अनगिन्ती यो भिडियोको कपी बनाइएको छ र, मीम बन्यो ।

रुबी इबारा ग्रेसियाका पिता क्रेसेन्सियोले सबैलाई जन्मदिनमा निम्तो दिँदै भिडियोमो भनेका छन्, हलो, तपाईहरुलाई कस्तो छ ? हामी २६ डिसेम्बरमा हाम्रो छोरी रुबीको १५ औं जन्म दिन मनाउँदैछौं । तपाईहरु आउनुपर्छ । सबैलाई स्वागत छ ।’

उनको योजना छिमेकी र साथीहरुलाई मात्र बोलाउने थियो । तर, भिडियो पोष्ट गर्दा पब्लिक भयो ।

यद्यपि उनले कसैलाई पनि नआउनुस् नभन्ने बतँएका छन् । र, सुरक्षा व्यवस्था कायम राख्न प्रहरी गाउँ पुग्यो ।

mim

यसलाई लिएर बनेको एक रोचक मीममा ‘डोनाल्ड ट्रम्प र मेक्सिकोका राष्ट्रपति दुबैले एक सम्झौता गर्छन् । यसमा मेक्सिकोमा रुबीको पार्टीमा जानका लागि मेक्सिकोले प्रवासीहरुर्ला र्फकन अनुमति दिने उल्लेख गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment