Comments Add Comment

संविधान संशोधनले राष्ट्रिय अखण्डतामा कुनै असर गर्दैनः देउवा

 

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका तीनवटै तहका निर्वाचन सम्पन्न गर्नका लागि संविधान संशोधनको प्रस्ताव आएको बताएका छन् ।

sher-bahadur-deubaकांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेको कविता संग्रह ‘प्रतिज्ञाको पहाड’ को बिहीबार लोकार्पण गर्दै सभापति देउवाले मुलुकमा शान्ति, निर्वाचन र संविधान कार्यान्वयनका लागि संशोधन ल्याइएको बाताए । उनले भने, ‘समयमा निर्वाचन हुन्छ र संविधान कार्यान्वयन हुन्छ भने तराई र पहाडका केही जिल्ला यता उता हुँदैमा केही हुँदैन,यसमा एमालेले पनि सहयोग गर्ने मेरो विश्वास छ ।’’

देशको राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा संशोधनले कुनै असर नपार्ने बताए । साथै उनले तराई र पहाडका जनताबीच नचाहिँदो दुस्मनी नगराई लोकतन्त्रलाई बलियो बनाउन सबैले सहयोग गर्न आग्रह गरे ।

सभापति देउवाले सरकारले दिने घोषणा गरेका ऋण र अनुदान गरी ४० करोड साझा प्रकाशनलाई उपलब्ध गराउन पहल गर्ने बताएका छन् ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment