Comments Add Comment

रुपन्देहीका सरकारी कार्यालयमा सिडिओको छड्के

अनुपस्थितलाई कार्वाही, पोसाक लगाएर काम गर्न निर्देशन

cdo-office-rupandehi

२३ मंसिर, भैरहवा । हालै नियुक्त भएका रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जिल्लाको सरकारी कार्यालयहरुको छड्के अनुगमन गरेका छन् ।

सहज वातावरणमा सेवाग्राहीले सेवा पाउनु र कर्मचारी अनुशासित राख्ने लगायत उद्देश्यले छड्के अनुगमन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रजिअ सिंहको संयोजकत्वमा भैरहवाको ३ वटा सरकारी कार्यालय नापी, मालपोत, र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा अधिकांश कर्मचारीले कर्मचारी पोसाक र परिचय पत्र नलगाएको, कर्मचारीहरु अनुपस्थित रहेको तथा कार्यालयको कागजपत्रहरु व्यवस्थित रुपमा नराखिएको पाइएको रुपन्देहीका साहयक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता शम्भुप्रसाद रेग्मीले बताए ।

त्यस्तै नापी र मालापोत कार्यालयमा कर्मचारी कक्षमा अनधिकृत व्यक्तिहरु पसेर आफै कागजपत्र चलाएको पाइएको थियो ।

उनका अनुसार अनुगमनको क्रममा नापी कार्यालयमा कुल ३९ जना कर्मचारी मध्ये २ जना, मालपोतमा ४१ जना कर्मचारी मध्ये ६ जना र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा १६ जना मध्ये कार्यालय प्रमुख सहित ४ जना अनुपस्थित रहेको पाइएको थियो ।

उनले अनुगमनको क्रममा ३ वटै कार्यालयमा कार्यालय समयमा अधिकांश कर्मचारीले कर्मचारी पोसाक नलगाएका कारण तत्काल पोसाक र परिचय पत्र लगाएर सेवा दिने, कार्यालयका कागजपत्र व्यवस्थित रुपमा राखी अनधिकृत व्यक्तिलाई कागजपत्र चलाउनमा रोक लगाउन निर्देशन दिइएको बताए ।

साथै कार्यालयको समयमा पनि अनुपस्थित रहेका कर्मचारीलाई नियमनअनुसार कारवाही गरिने सहायक प्रजिअ रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment