Comments Add Comment

संसदको अवरोध हटाउन सभामुखको पहल, संशोधन फिर्ता लिनु पर्ने ओलीको जवाफ

Onsari-Gharti

२३ मंसिर, काठमाडौं । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसदको अवरोध हटाउन पहल थालेकी छन् । उनले बिहीबार सत्तापक्ष र विपक्षी दलका शीर्ष नेताहरुलाई भेटेर संसदको अवरोध हटाई सहमतिको वातावरण बनाउन आग्रह गरेकी छन् ।

सभामुख घर्तीले बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीलाई छुट्टा छुट्टै भेटेर छलफल र सम्वाद मार्फत संसदीय अवरोध अन्त्य गर्न आग्रह गरेकी हुन् । संविधान कार्यान्वयनका लागि थुप्रै काम गर्न बाँकी रहेको भन्दै उनले संविधान संशोधनका एजेण्डाहरु आपसी छलफल गरेर सुल्झाउन दुवै नेतालाई आग्रह गरेकी छन् ।

भेटमा आफूले अवरुद्ध संसद संचालनको वातावरण बनाउन पहल गर्न आग्रह गरेको सभामुख घर्तीले बताइन् । उनले आफ्नो दुवई भ्रमणको चार दिनको समयलाई राजनीतिक सहमति र सझदारी कायम गर्न उपयोग गर्न आग्रह गरेकी छन् ।

जवाफमा एमाले अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव सरकारले फिर्ता लिए अवरोध हट्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति देउवाले संविधान संसोधन विधेयकमा सहमति गरि गतिरोध अन्त्यबारे छलफल भएको संक्षिप्त प्रतिक्रिया दिनुभयो ।

संविधान संसोधन विधेयकको विरोधमा एमालेसहितका प्रतिपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment