Comments Add Comment

नेपाली राजदूत थापाद्वारा बेल्जियमका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेश

ambessador-beljium

बार्सिलोना । परराष्ट्र मन्त्रालयमा २७ बर्ष लामो अनुभवपछि राजदूत नियुक्त भएका लोकबहादुर थापाले बेल्जियमका राजा समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

रोयल प्यालेस ब्रसेल्समा आयोजित एक विशेष समारोहबीच राजदूत थापाले राजा फिलिप लेओपोल्द लुद्विग मरिआ समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

ओहदाको प्रमाणपत्र बुझ्ने क्रममा राजाले आफु युवराजधिराज हुँदा सन् १९९८ मा नेपाल भ्रमणको सम्झना गरेको दूताबासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राजा फिलिपेले आफूले भ्रमण गरेदेखि हालसम्म नेपालको राजनीतिक, आर्थिक लगायत सामाजिक सांस्कृतिक परिदृश्यका क्षेत्रमा भएको परिवर्तन बारे पनि चासो राखेको विज्ञप्तिमा जनाइएको छ ।

ओहदा बुझाउने क्रममा राजदूत थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ होस् भन्दै बेल्जियमका जनताको लागि प्रगति एवं समृद्धिका लागि पठाएको शुभकामना सन्देश प्रस्तुत गरेका थिए ।

राजा फिलिपेले बेल्जियमका लागि राजदूत भएकोमा थापालाई बधाई दिँदै दुई मुलुकबीचको द्विपक्षीय सम्वन्धलाई सुदृढ र सुमधुर बनाउन सक्षम हुने विश्वास व्यक्त गरेको दूतावासले जनाएको छ ।

थापाले सन् १९९२ पछि बेल्जियमका लागि छैठौं राजदूतका रुपमा अहोदाको प्रमाणपत्र पेश गरेका हुन् । उनले पछिल्लो क्रममा मन्त्रालयमा सह-सचिवको जिम्मेबारी सम्हालेका थिए ।

बेल्जियममा राजदूत नियुक्त हुनुअघि पासपोर्ट शाखामा महानिर्देशकको रुपमा कार्यरत थापाले यसअघि चीन, साउदी अरब र अष्ट्रेलियाको मिसनमा समेत अनुभव बटुलेका छन् ।

प्रायः राजनीतिक भागबण्डामा राजदूत नियुक्त भएर आउने भएपनि परराष्ट्रमा करिव ३ दशक लामो अनुभव बटुलिसकेका थापाबाट बेल्जियमको नेपाली समुदायले भने ठूलो अपेक्षा राखेको छ।

यसअघि बेल्जियममा आयोजित स्वागत कार्यक्रममा नै राजदूत थापाले नेपालको बेल्जियम, नेदरल्याण्ड, लक्जम्बर्ग र युरोपियन युनियनसँगको सम्बन्धलाई अझै बलियो बनाउने प्रतिबद्दता जनाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment