Comments Add Comment

भारतीय क्रिकेटरले नपाउने भए चार लाखको सुट

india

काठमाडौं । भारतीय क्रिकेट टिमका सदस्यहरुले अढाई लाख भारु अर्थात २ लाख रूपैयाँको सुट नपाउने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले यो प्रस्ताव अस्वीकार गरेको छ ।

बीसीसीआईका आईओ राहुल जोशीले टिमका लागि इटालियन सुट बनाउने प्रस्ताव राखेका थिए । र, निलो रंगको यो सूटको मूल्य प्रतिगोटा अढाई लाख भारु पर्छ ।

उनले १९ नोभेम्बरमा बीसीसीईका अध्यक्ष अनुराग ठाकुरसहितका अधिकारीलाई इमेल गरेर क्रिकेटरहरुका लागि अन्तराष्ट्रिय ब्राण्डको ५० नयाँ सुट किन्ने प्रस्ताव राखेका थिए ।

तर, बोर्डले यो प्रस्ताव अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment