Comments Add Comment

‘आजको डायरी’मा बर्षा सिवाकोटीः दिनभर ‘दया दाइसँग गफगाफ, फिल्मको डबिङ’

barsha siwakoti
विगत ३-४ दिनदेखि म चलचित्र ‘कारखाना’को डबिङका लागि बिहान नै उठ्थेँ । बिहानै चलचित्रको डबिङ भैरहेको थियो । तर, आज डबिङ नभएकाले बिहान ९ बजेसम्म नै सुतेँ ।

उठेर फ्रेस भएपछि व्रेकफास्ट गरेँ । अनी खाना खाएर म निस्किएँ । आज स्कुटी विगि्रएकाले पनि ट्याक्सीमै निस्कुन पर्यो । बिहान ‘कारखाना’ र दिउँसो ‘लप्पन छप्पन’को डबिङ भएकाले पनि व्यस्त नै छु । सिटी सेन्टर नजिकै रहेको स्टूडियोमा डबिङको काम भैरहेको छ । डबिङमा आज दयाहाङ दाइसँग भेट भयो । आजको दिन दाइसँग गफगाफ गरेर नै वित्यो ।

विशेषगरि, चलचित्र ‘पुरानो डुङ्गा, सेतो सूर्य’को बिषयमा कुरा भयो । लामो समयपछि दया दाइसँग भेट भएकाले पनि खुशी लाग्यो । दिउँसो साथीले स्कुटी पनि ल्यादिई । दिनभर स्टूडियोमै बसेपनि मेरो डबिङ सुरु भएको थिएन । अहिले बल्ल डबिङ गरिरहेकी छु । एक हप्ता भन्दा बढी भैसक्यो, यो चलचित्रको डबिङ गरिरहेकी छु ।

आज, चलचित्र ‘लप्पन छप्पन’को फाइनल डबिङ हो । भोलीबाट खासै केहि छैन । दिमाग एकदमै शुन्य भएको छ । बेलुकी घर गएर म सुप पिउँछु । बेलुकी, फेसबुक चलायो, गफ गर्‍यो गर्दा साढे १० हुन्छ । बेलुकी सुत्दा म साढे १० देखि ११ बज्छ ।

आजको दिन सामान्य नै भयो । त्यस्तो रमाइलो कुरा केहि पनि भएन । आजको दिनलाई म ५ मा ३.५ दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment