Comments Add Comment

भ्रष्टाचारमा मुछिएपछि खाद्य संस्थानका महानिर्देशक श्रेष्ठ मन्त्रालय तानिए

धितालले पाए जिम्मेवारी

khadhya-sasmsthan-2
२३ मंसिर, काठमाडौं । आपूर्ति मन्त्रालयले खाद्य संस्थानका महाप्रवन्धक शिवहरी श्रेष्ठलाई फिर्ता बोलाएको छ । उनको ठाउँमा सह-सचिव गोकुलप्रसाद धिताललाई महाप्रवन्धकको जिम्मेवारी दिइएको छ । धिताल यसअघि आपूर्ति ब्यवस्थापन विभागमा महानिर्देशक थिए ।

श्रेष्ठले खाद्य संस्थानका ब्यापारिक स्टल भाडा लगाउँदा अनियमितता गरेको आरोप लागेको छ । विवादमा मुछिएपछि श्रेष्ठलाई फिर्ता बोलाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

नयाँ महाप्रवन्धक धिताल आजैदेखि खाद्य संस्थानमा हाजिर भ्एका छन् । राजनीतिक नियुक्ति लिएका श्रेष्ठ भने अब मन्त्रालयमा हाजिर हुनेछन् ।

खाद्य संस्थानको सुधारका लागि राजनीतिक नियुक्ति नगरी कर्मचारीलाई नै जिम्मा लगाइएको मन्त्रालयको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment