Comments Add Comment

बजारलाई स्वच्छ बनाउन धितोपत्र बोर्डले रणनीति ल्याउने

२३ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले बजारलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन छुट्टै रणनीति ल्याउने भएको छ । बोर्डले बिहीबार एक कार्यक्रम गरी बित्तीय क्षेत्रका कम्पनी बाहेकलाई हकप्रदसम्बन्धि छुटटै रणनीति ल्याउने तयारी गरेको जानकारी दिएको हो ।

sebonकार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष डाक्टर रेवतबहादुर कार्कीले पुँजी बजारलाई स्वतन्त्रतापूर्वक लगानी गर्ने वातावरणको निर्माणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए ।

बोर्डले तयार पारेको रणनीतिमा हकप्रद निष्काशन अनुपातको औचित्य पुष्टि गर्न आधार पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

वित्तीय कम्पनीहरुले नयाँ परियोजनामा लगानी गर्न सबै कानुनी प्रक्रिया पुरा गरी सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने व्यवस्था पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment