Comments Add Comment

सोलारबाट विजुली निकाल्न एडीबीले दियो २ अर्ब अनुदान

Solar-Panels

२३ मंसिर, काठमाडौं । नेपालमा सोलारमार्फत बिजुली निकाल्नका लागि सघाउने भन्दै एसियाली विकास बैंक (एडीबी)ले २ अर्ब बढी अनुदान स्वीकत गरेको छ ।

२५ मेगावाट भन्दा बढि बिजुली निकाल्ने कम्पनीलाई २० मिलियन डलर अर्थात २ अर्ब १८ करोड अनुदान प्रदान गर्ने एडबीबीले जनाएको छ ।

गत वर्ष संविधान जारी भएपछि भारतले नाकाबन्दी लगाएको बेला एडीबीले सोलार जडानका लागि सहयोग गर्ने आश्वासन दिएको थियो ।

अब एडीबीले पूर्व प्रतिवद्धता अनुसारको सहयोग स्वीकृत गरेको छ । तर, यो अनुदान रकम पाउने कम्पनीले सन् २०१८ भित्रै अर्थात २ वर्षमा बिद्युत उत्पादन गरिसक्न पर्ने एडीबीको शर्त छ ।

र, यसबाट उत्पादन हुने विद्युुत नेपाल विद्युत प्राधिकरणले किन्नु पर्नेछ । एसडीबीका दक्षिण एसिया क्षेत्रिय विभागका उर्जा बिशेषज्ञ एमिङ झाउले भने, ‘यो अनुदानले निजी क्षेत्रलाई सोलारबाट बिदुत उत्पादन गर्ने प्लान्टमा लगानी गर्न उत्प्रेरित गर्नेछ । यस क्षेत्रमा सरकारको पनि लगानी बढ्नेछ भन्ने अपेक्षा गरेका छौं ।’

नेपालमा झन्डै ६५ प्रतिशत मानिससम्क बिद्युतको पहुँच छ । अहिले देशमा मूख्य रुपमा जलबिद्युतबाट बिद्युत उत्पादन भइरहेका छ ।

तर, खोलामा पानीको बहाव कम भएको समयमा सोलार तथा अन्य बैंकल्पिक उर्जाहरु समेत प्रयोग हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment