Comments Add Comment

गाम्पर ट्रफी खेल्न चापेकोइन्सलाई बार्सिलोनाको प्रस्ताव

chapecoense

२३ मंसिर, काठमाडौं । बार्सिलोनाले ब्रजिलियन क्लब चापेकोइन्सलाई गाम्पर ट्रफी खेल्न आमन्त्रण गरेको छ । चापेकोइन्स त्यही क्लब हो, जसका अधिकांश सदस्य हालै कोलम्बियामा भएको विमान दुर्घटनामा परी मृत्यु भएको छ ।

कोपा सुडामेरिकानाको फाइनल खेल्न कोलम्बिया जाने क्रममा चोपेकाइन्सको टोली चढेको विमान दुर्घटनामा परेको थियो । ७१ जनाको मृत्यु भएको उक्त दुर्घटनामा ६ जना बाँचेका थिए, जसमा तीन फुटबलर पनि छन् ।

ब्राजिलको ए डिभिजन क्लबले विश्वभरबाट सहानुभूति पाएको छ । र, पूर्व स्टारहरु समेत क्लबबाट खेल्न तयार भएका छन् ।

बार्सिलोनाले गाम्पर ट्रफीका लागि चापेकोइन्सका लागि बिहीबार औपचारिक रुपमा प्रस्ताव पढाएको छ ।

यो आगामी अगष्टमा हुनेछ । विमान दुर्घटनामा मृत्यु भएका फटबलर तथा अन्य यात्रुहरुको सम्मानमा यो मैत्रिपूर्ण खेलका लागि प्रस्ताव गरिएको बार्सिलोनाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment