Comments Add Comment

एन्फाकै कारण गम्भीर क्षति, एएफसीमा समयमा टिम दर्ता नगर्दा समस्या

२४ मंसिर, काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) को लापरबाहीले नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लब एएफसी कपको प्लेअफ  खेल्ने अधिकारबाट वञ्चित भएको छ ।

ANFAभदौमा मंगोलेसियमा सम्पन्न एएफसी कप प्लेअफ छनोटअन्तर्गत समूह बीको च्याम्पियन बन्दै थ्री स्टार अघिल्लो चरणको लागि छानिएको थियो ।

प्रारम्भिक छनोटको आफ्नो समूहमा दुई खेलबाट ४ अंक जोड्दै शीर्ष टोलीका रुपमा थ्री स्टार चयन भएको थियो । समूहको शीर्ष टोली स्वतः प्लेअफका लागि छानिने प्रस्ट प्रावधान भए पनि नेपाली फुटबलको सर्वोच्च निकायको असावधानीले थ्री स्टारको ठाउँमा उपविजेता इर्चिमले प्लेअफ खेल्ने मौका पाएको समाचार आजको नागरिक दैनिकमा छ ।

एन्फाले समयमा एसियाली फुटबल महासंघमा क्लब तथा टिम दर्ता नगराएका कारण थ्री स्टार छनोट चरण पार गरेपनि पहिलो एएफसी कप खेल्नबाट बञ्चित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment