Comments Add Comment

‘आजको डायरी’मा वेनिशा हमालः दिदीलाई सहयोग, भेटघाटमै वित्यो दिन

benisha-hamal-hot-9
बिहान म आज ९ बजे उठेँ । हिजो पोखराबाट आउँदा ढिलो भएको थियो । घरबाट ममी आउनु भएकाले पनि बेलुकी अवेरसम्म गफ गरेका थियौ । यसैले, आज केहि ढिला नै उठेँ । उठेर फ्रेस भएपछि एउटा चलचित्रको स्त्रिmप्ट मेलमा आएको थियो, त्यसलाई पीडीएफ फाइल बनाएर अन्त पठाइदिनुपर्ने थियो, त्यो काम गरेँ । अनी, आफूले पनि कथा पढेँ ।

खाना खाएर बाहिर निस्कदा त्यस्तै ११ बजेको थियो । म सिधै पुरानो बाँनेश्वर पुगेँ । त्यहाँ एउटा प्रोजेक्टको बिषयमा छलफल गर्नु थियो । म बाहिर गएकाले पनि काम रोकिएको थियो । करिब २ घन्टा छलफल सकेर म फेरि घर आएँ । भोली मेरो दिदी दुबई जाँदै हुनुहुन्छ । यसैले पनि उहाँका केहि कामहरु गरिदिनुपर्ने थियो ।

घरमा केहि समय बसेर म जमल गए । त्यहाँ नेफ्टा अवार्डका लागि तयारी भैरहेको छ । तयारी सकेर म सिधै घर आएँ । शुक्रबार प्राय गेट टुगेदर हुने गर्छ । तर, भोली दिदीको दुबइको फ्ल्याइट भएकाले म पनि सहयोग गर्दैछु ।

भर्खरै मात्र म अभिनित चलचित्र ‘किङ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेर्दै प्रतिक्रिया वुझ्दै छु । बेलुकी म प्राय रोटी र दाल खान्छु । मलाई चिकेन दाल खुबै मनपर्छ । आज दिदीको डकुमेन्टको काम गर्नु पर्ने भएकाले पनि सुत्दा ११-१२ नै बज्छ होला । हुनत, म अचेल बेलुकी ढिलो नै सुत्छु ।

आजको दिन राम्रो नै भयो । रोकिएको कामहरु केहि सुचारु भए । आजको दिनलाई म ५ मा ४ दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment