Comments Add Comment

‘पिँढी’मा तीन कविका कविता

pidhi

काठमाडौं । नेपाली कवितामा नारी जातिको पीडा र पूकारलाई विषय बनाउँदै धेरै कविता लेखिएका छन् । नारी संवेदनालाई कतिपय नारी हस्ताक्षरले नै सशक्त रुपमा अभिव्यक्त गरेका छन् भने त्यसमा पुरुष कविहरुले पनि आफ्ना सिर्जनामार्फत स्वर थपेका छन् ।

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान चलिरहँदा नारी संवेदनाकै कविता सुनाउन शुक्रबार तीन कवि एकसाथ पिँढीमा उक्लिएका थिए । अल्केमी पब्लिकेसन्सले विचार, साहित्य र सामाजिक चिन्तन शृङ्खलानाम दिएर सुरु गरेको कार्यक्रमको पहिलो शृङ्खलामा कविहरु अभय श्रेष्ठ, निभा शाह र सामना पहाडलाई उभ्याइएको थियो ।

हरेक कविका दुई कविता प्रस्तुत गर्ने क्रममा अभयले वादी युवतीको घोषणाभिक्षुणी र रोगी युवक कविता सुनाए । एकातिर उनले समाजमा वादी महिलाको नियति चित्रण गरे भने अर्कातिर निर्वाणको नयाँ परिभाषा कोर्ने दार्शनिक सन्देश दिए:

मेरो अँगालोमा त्यस बेला थियो 
एक रोगी युवक
, अन्तरचित्तमा थिए ध्यानस्थ बुद्ध
त्यही क्षण हो मैले प्राप्त गरेको निर्वाण
जब मैले विपतमा कसैलाई सघाएँ
भन्छन् तथागत, अप्प दीपो भवः 
भन, मैले के बिराएँ ?’

 कवि निभा अस्वस्थताका कारण उपस्थित हुन नसकेको कार्यक्रममा उनका डिक्रा बदिनीदैयाशीर्षकका कविता कविहरु कल्पना कलापुञ्ज र देवकी अभिलाषीले वाचन गरेका थिए ।

कार्यक्रमको पहिलो लहरमा कविता वाचनका लागि उभिएकी सामना पहाडले मेला, कुपन र मालिकछोरी, म मरेपछिकविता प्रस्तुत गरिन् । नारीमाथि पुरुष शक्तिको दमन विरुद्ध विद्रोही कविता सुनाएकी उनले निचोडमा नारीपुरुष सहकार्यमा जोड दिएकी थिइन् ।

कविहरुले वाचित कविताहरुको रचनागर्भ सुनाउनुका साथै उपस्थित श्रोताहरुसँग कविताबारे अन्तर्क्रिया गरेका थिए । अल्केमीका अध्यक्ष विमल खड्काले पिँढी शृङ्खलाको उद्देश्यबारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment