Comments Add Comment

क्या दामी दामन ! (फोटो फिचर)

daman-view-3

२७ मंसिर, काठमाडौं । शहरको भागदौडपूर्ण दैनिकीबाट केही समय सुस्ताउने मन जो कोहीलाई हुन्छ । हिउँदे विदामा काठमाडौं छोड्ने उपयुक्त विकल्प मकवानपुरको दामन हुन सक्छ ।

काठमाडौंबाट दामन पुग्न धेरै टाढा पनि छैन । थानकोट, नौबिसे हुँदै पृथ्वी राजमार्गबाट ७५ किलोमिटर दूरी पार गरेर तीन घण्टामै दामन पुग्न सकिन्छ । चन्द्रागिरी हुँदै चित्लाङको कच्ची बाटोबाट जाने हो भने अझ छिटो पुगिन्छ । यस्तै दक्षिणकालीबाट फाखेल हुँदै कुलेखानीको मार्खुबाट टिस्टुङ निस्केर अर्को वैकल्पिक बाटो छ । हेटौंडाबाट ३३ किलोमिटर पार गरेपछि दामन पुगिन्छ ।

दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल हेर्न सकिन्छ । दुई हजार ६ सय ८८ मिटर उँचाइ रहेको दामनबाट हिमशृंखला र वरपरका पर्वत अवलोकन गर्न भ्यूटावर पनि छ ।

राजधानीका साथै हेटौंडा, वीरगञ्ज, चितवन लगायत तराई क्षेत्रबाट फरक हावापानीको अनुभव लिन दामन उक्लने युवायुवती बग्रेल्ती भेटिन्छन् । हिउँदमा हिउँ परेर दामन सेताम्मे हुन्छ ।

daman-view-2

दामन साइकलयात्रीको लागि पनि राम्रो गन्तव्य हो । थानकोटबाट चन्द्रागिरी हँदै चित्लाङ, कुलेखानी मार्खु, बज्रवाराही, टिस्टुङ, पालुङबाट दामन सिमभञ्ज्याङसम्म साइकलमा सयर गर्न सकिन्छ । दामनमा हाइकिङमा रमाउन चाहने पदयात्रीले सिमभञ्ज्याङदेखि देउरालीसम्म नौ किलोमिटर दूरीको लालीगुराँस पदमार्गको मजा लिन सक्छन् ।

दामनमा सुविधासम्पन्न होटल र रिसोर्ट भएकोले आरामदायी बसाइको व्यवस्था छ । ग्रामीण जीवनशैलीको आनन्द उठाउने हो भने टिस्टुङ, पालुङमा होमस्टे सुविधा पनि छन् । थाहा नगरपालिकामा पर्नेे दामन इलाकाका टिस्टुङ र पालुङ उपत्यका ग्रामीण पर्यटनका आकर्षण हुन् । टायल र ढुंगा कुँदेर बनाइएका पुराना घरहरुका साथै यहाँ खर र छ्वालीले छाएका परम्परागत बस्तीहरु यथेष्ट भेटिन्छ्न् ।

दामन क्षेत्रमा बौद्ध र हिन्दुधर्मालम्बीहरुको समान आस्थाको केन्द्र ऋषेश्वर मन्दिरमा लाग्ने जात्रा भर्न हजारौं श्रद्धालु आउँछन् ।

daman-view-4

daman-view-1

daman-view-5
टिस्टुङबाट उत्तरी पहाडसंगै मनास्लु हिमाल ।

daman-view-6

daman-view-7

daman-view-8
शिखरकोट र पृष्ठभूमिमा लाङलाङ हिमश्रृखला ।

daman-view-9

daman-view-10

daman-view-11

daman-view-12

daman-view-13
सिमभञ्ज्याङ्ग बस्ती ।
daman-view-14
दामन भ्यूटावर ।

daman-view-15

daman-view-16
सिमभञ्ज्याङ्गमा परेको तुसारो ।
daman-view-17
गोपाली गाउँका परक्परागत घरहरु ।

daman-view-18

daman-view-19
रिर्सोट र पृष्टभूमिमा दोर्जे लाक्पा हिमश्रृखला ।
daman-view-20
सिमभञ्ज्याङ्गबाट देखिएको टिस्टुङ्ग पालुङ्गगाउँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment