Comments Add Comment

रेखा थापाले भनिन्- म नेपाल र राप्रपाको झण्डा ओढेर मर्न चाहन्छु (भिडियोसहित)

'माओवादीको सदस्यता लिएकी थिइनँ, राप्रपा नै मेरो पहिलो र अन्तिम पार्टी'

rekha-raprapa

२७ मंसिर, काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाले नेपालको राष्ट्रिय झण्डा र राप्रपाको झण्डा ओढेर मर्न चाहेको बताएकी छिन् । सोमबार कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थापाले यसअघि आफूले माओवादी पार्टीको सदस्यता नलिएको समेत स्पष्टीकरण दिइन् ।

रेखालाई सोमबार इन्द्रेणी फुडल्याण्डमा राप्रपा अध्यक्ष कमल थापाले पार्टी प्रवेशको पत्र र माला लगाएर स्वागत गरेका थिए । यसपछि, पार्टीका अन्य सदस्यहरुले रेखालाई माला लगाइदिएका थिए । रेखाका साथमा उनकी आमा सरस्वती थापा पनि राप्रपामा प्रवेश गरेकी छिन् ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नायिका रेखाले आफू हिन्दु नारी भएकाले गर्दा राप्रपा नै आफ्ना लागि उपयुक्त पार्टी भएको बताइन् । उनले नेपाल र राप्रपाको झण्डा ओडेर आफूले मर्न चाहेको बताइन् । रेखाले भनिन्- ‘मेरो पहिलो र अन्तिम पार्टी नै राप्रपा हुनेछ ।’

रेखाले भनिन्- ‘म गर्वका साथ के भन्न सक्छु भने, यो नै मेरो घर थियो । यो नै मेरो विचारसँग सहमत पार्टी थियो । म हिजोका दिनमा जनलहर चलेको बेला अरु कुनै पार्टीमा पुगेकी थिएँ ।’

रेखाले पार्टी प्रवेश कार्यक्रममा दिएको मन्तव्यको पुरा भिडियो यहाँ हेर्नुहोस्:


रेखाले जनलहर चलेका बेलामा कलाकार भएको हिसाबले आफू जनलहरसँगै, जनताको खुशीका निमित्त देशलाई केही हुन्छ भन्नका लागि माओवादीमा गएको बताइन् । रेखाले माओवादी पार्टीको कार्यकर्ता भएको विषयमा भनिन्- ‘म यो कुरा स्पष्ट गर्न चाहन्छु, म एउटा सफल कलाकार थिएँ । यही भएर एउटा दलले मलाई राम्रो उम्मेदवारका रुपमा टिकट दिनु स्वाभाविक थियो । तर, मैले टिकट पाएर पनि लिइनँ, पाइनँ ।

सायद, यो मेरो लक भएको हुन सक्छ । म कुनै पनि पार्टीको सदस्यता नलिएको स्वतन्त्रता नागरिएक थिएँ । आजको दिन मैले सदस्यता लिएर राप्रपामा प्रवेश गरेकी छु । यो नै मेरो पहिलो पार्टी हो र सधैं रहनेछ ।’

रेखाले राष्ट्र र राष्ट्रियताका लागि आफूले सम्झौता गर्न नसक्ने पनि बताइन् । उनले आफू हिन्दुवादी नारी भएको बताइन् । उनले आफूले राजनीति बुझेदेखि नै आफूलाई मन पर्ने नेता कमल थापा रहेको र सधैं रहिरहने बताइन् ।

rekha-raprapa-prabesh-3 rekha-raprapa-prabesh-4
rekha-raprapa-prabesh-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment