Comments Add Comment

टिभीएस अपाचे सिरिज आरटीआर-२०० उत्सव अफर सकियो

tvs-apache
३० मंसिर, काठमाडौं । शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोटर्सले  टिभीएस अपाचे सिरिज आरटीआर २०० उत्सव अफर सम्पन्न गरेको छ ।

अफर अन्र्तगत अपाचे सिरिज आरटीआर २०० ४भि का ग्राहकहरुले २० हजार मूल्य पर्ने टिभीएसको जेन्यूइन रेसिङ् गियर प्राप्त गरेका थिए ।

गत नोबेम्बर २५ देखि यसै डिसेम्बर १ सम्म ७ दिनका लागि काठमाडौं उपत्यका भित्र लागू भएको सो अफर थुप्रै भाग्यशाली विजेताका साथमा सफलताका साथ सम्पन्न भएको थियो ।

सो अवसरमा कम्पनीले नक्सालस्थित आफ्नो शोरुममा बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना सम्पूर्ण ग्राहकलाई टीभीएस गियर उपहार प्रदान गरेको थियो ।

उपहार लिने क्रममा ग्राहकहरुले आफूहरु अत्यन्तै हषिर्त भएको प्रतिक्रिया दिएका थिए । सो अवसरमा कम्पनीले आफ्ना ग्राहकहरुलाई हौसला प्रदान गर्न पुनः नयाँ खालका स्किमहरु बजारमा ल्याउँदै जाने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment