Comments Add Comment

साउदीका २६ कम्पनीमा नेपाली कामदार पठाउन रोक (सूचीसहित)

salary problem in saudi
६ पुस, काठमाडौं । सरकारले साउदी अरेबियामा नेपाली कामदारलाई समयमै तलव भुक्तानी नगर्ने २६ कम्पनीहरुलाई ‘ब्ल्याकलिष्ट’ मा राखेको छ ।

साउदीमा नेपाली कामदारले अलपत्र पर्ने क्रम झन बढ्दै गएपछि श्रम तथा रोजगार मन्त्रालयले साउदीमा नेपाली कादारले बढी दुःख पाएका कम्पनीहरुलाई कालो सूचीमा राखेको हो ।

कालोसूचीमा परेका कम्पनीमा नेपाली म्यानपावरले कामदार पठाउन पाउने छैनन् । सरकारले ति कम्पनीमा जान कामदारलाई श्रम स्वीकृति पनि नदिने वैदेशिक रोजगार विभागकी प्रवक्ता रमा भट्टराइले जानकारी दिइन् ।

‘कामदार अलपत्र पर्दा पनि फिर्ता पठाउन पनि असहयोग गर्नेहरुलाई कालोसूचीमा राखेका हाैं । यस्ता कम्पनीमा अब कामदार पठाउन हुँदैन भनेर यो निर्णय भएको हो’ भट्टराईले भनिन् ।

अहिले सबैभ्न्दा धेरै कालोसूचीमा मलेसियाका कम्पनीहरु छन् । यसअघि साउदीका २ वटा कम्पनीमात्रै यो सूचीमा थिए । अब यो संख्या २८ पुगेको छ ।

अहिले रियादस्थित नेपाली दूतावासले नेपालीलाई बारम्बार समस्या भएकाले कालोसूचीमा राख्नुपर्ने कम्पनीको विवरण तयार गरिरहेको छ । त्यो सूची प्राप्त हुनासाथ थप कम्पनीमा नेपाली पठाउन बन्द गरिने प्रवक्ता भट्टराईले जानकारी दिइन् ।

कति अलपत्र ?

साउदीमा पुगेपछि एजेन्टहरुले धेरै कादारलाई जोखिमपूर्ण र अप्ठेरो काममा लगाउने क्रम निकै बढ्दो छ । कतिले त काम पाएका छैनन् भने कतिलाई अलपत्र छाडेर एजेन्ट नै भागिरहेका छन् ।

नेपाली म्यानपावरले पनि आफूले पठाएका कामदारको कुनै गुनासो सुन्दैन । साउदीमा पछिल्लो समयमा कामदारलाई साउदीमा भनेजति तलब नदिने मात्रै होइन, समयमै तलव नदिने ठूलो समस्या छ ।

अहिले साउदीका खराब कम्पनीमा कार्यरत १ हजारभन्दा बढी नेपाली कामदार अलपत्र छन् । सरकारलाई औपचारिक उद्धारको अपील गरे उनीहरुलाई सरकारले चासोसम्म देखाएको छैन ।

केही समययाता साउदीको वैदेशिक रोजगारीमा संकट छ । विशेष गरेर निर्माण र सप्लाइ रिक्रुटमेन्टहरुमा ठूलो समस्या छ ।

कुन-कुन कम्पनीमा लाग्यो प्रतिवन्ध ?
purba_antim_rokka-1
purba_antim_rokka-2purba_antim_rokka-3purba_antim_rokka-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment