Comments Add Comment

जनताको विश्वास जित्न प्रहरीलाई महानिरीक्षक अर्यालको निर्देशन

Upendrakanta-Aryal

 

११ पुस, काठमाडौं । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अबको प्रहरी जनताको विश्वास र भरोसाको केन्द्रविन्दु बन्नुपर्ने बताएका छन् । प्रहरीलाई जनताले त्रासको रुपमा लिने गरेको उल्लेख गर्दै उनले अब जनताको विश्वासपात्र बन्नुपर्ने बताए ।

ललितपुरको मंगलबजारमा निर्मित महानगरीय प्रहरी प्रभागको भवन उदघाटन गर्दै महानिरीक्षक अर्यालले जनताको विश्वास जितेर मात्रै समाजमा शान्ति सुव्यवस्था कायम राख्न प्रहरी सफल हुने बताए ।

अपराध अनुसन्धानको कामलाई अझै प्रभावकारी ढंगले संचालन गर्न भन्दै ललितपुरको मंगलबजारमा महानगरीय प्रहरी प्रभाग कार्यालय स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment