Comments Add Comment

स्थानीय तह पुनर्संरचना आयोगले प्रधानमन्त्रीलाई लेख्यो पत्रः प्रतिवेदन तयार भयो, बुझिदिनुस्

llrc

११ पुस, काठमाडौं । स्थानीय तह पुनर्संरचनाका लागि गठित आयोगले प्रतिवेदन तयार भएको भन्दै बुझाउन समय माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र पठाएको छ ।

आयोगले अघिल्लो साता नै प्रतिवेदन बुझाउन चाहेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले समय दिएका छैनन् ।

सत्ता साझेदार दलहरुबीच भएको छलफलअनुसार प्रधानमन्त्रीले केही समय पर्खिन आग्रह गरेका थिए । संविधानअनुसार स्थानीय तह पुनर्संरचनापछि स्थानीय निकाय स्वत भंग हुन्छ । तर, सरकारले यसबारे के गर्ने भन्ने कुनै निर्णय गर्न सकेको छैन ।

साथै प्रमुख राजनीतिक दलहरुबीच स्थानीय निकायको पुरानै संरचनाको चुनाव गर्ने बहस पनि चलिरहेको छ ।

तर, आयोगले भने सोमबार प्रधानमन्त्री कार्यालयमा पत्र पठाएर स्थानीय तहको सीमा र संख्यासहित प्रतिवेदन बनेकाले बुझाउने समय मिलाइदिन आग्रह गरेको छ ।

एक सदस्यले अनलाइनखबरसँग भने, ‘प्रतिवेदन तयार भएको छ । बुझिदिनुपर्‍यो भनेर प्रधानमन्त्रीलाई पत्र काटेका छौं ।’

आयोगले ७४० स्थानीय तह सिफारिस गरेको छ, जसमा काठमाडौं र पोखरा महानगर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment