Comments Add Comment

सिड्नीमा अर्का नेपालीको नदीमा डुबेर मृत्यु, दुई दिनमा दुई जनाले ज्यान गुमाए

२७ डिसेम्बर, सिड्नी । क्रिसमस बिदाको अबसर पारेर पिकनिक गएका अर्का एक नेपालीको सोमबार सिड्नीको कंगारु नदीमा डुबेर मृत्यु भएको छ ।

sujan-sharmaसाथीभाई र परिवारसँग पिकनिकका लागि सिड्नीको दक्षिण पश्चिीमी इलाका कंगारु भ्यालीको कंगारु नदी क्षेत्रमा गएका २४ वर्षीय सुजन शर्माको नदीमा डुबेर मृत्यु भएको हो ।

आइतबार मात्रै बाटामोला बिचमा पौडी खेल्ने क्रममा सुजन अधिकारीले ज्यान गुमाएका थिए । सिड्नीमा दुई दिनमा लगातार दुई दुखद् घटना भएका छन् ।

सन् २०१३ मा अष्ट्रेलिया आएका सुजन सिड्नीको बेल्मर क्षेत्रमा बसोबास गर्दथे । उनका भिनाजु रविन सुबेदीले दिएको जानकारी अनुसार शर्माको नदीमा डुबरे घटनास्थलमै ज्यान गएको हो । हाल उनको शव सोल हेभन अस्पतालमा राखिएको छ ।

लाइफ ज्याकेट निकालेर पाैडी खेल्न गएका सुजन त्यहीँ डुबेका थिए । उनीहरूमध्ये कसैलार्इ पनि राम्रोसँग पाैडी खेल्न नअाउने भएकाले तत्कालै उद्दार हुन सकेन । उद्दार टोलीले तीन घण्टापछि उनको शव नदीबाट निकालेका थिए ।

सोही स्थानमा गत बर्ष अर्का नेपाली पूर्ण बोहोराले पौडी खेल्ने क्रममै ज्यान गुमाएका थिए ।

यो बर्ष क्रिसमसकै क्रममा सिड्नीमा दुई जना नेपाली युवाले पौडी खेल्नेक्रममा ज्यान गुमाएका छन् । आइतबार मात्रै अर्का नेपाली युवा सुजन अधिकारीले वाटामोला बिचमा पौडी खेल्ने क्रममा ज्यान गुमाएका थिए ।

लगालग दुई युवाको असामयिक निधनले यतिबेला सिड्नीको नेपाली समुदाय शोकमा परेको छ ।

यो बर्षको क्रिसमसका क्रममा नदीमा डुबेर ज्यान गुमाउने सुजन शर्मा साताैं मानिस भएको न्यू साउथ वेल्स प्रहरीले जनाएको छ । जसमध्ये ६ जना पुरूष नै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment