Comments Add Comment

जेलबाट छुट्नासाथ फेरि ठगी धन्दामा, बिहे गर्छु भन्दै युवतीलाई जालमा पार्ने दुई युवा पक्राउ

prison-copy

१३ पुस, काठमाडौं । झापा सनीअर्जुनका अभिषेक गिरी भन्ने नेत्रप्रसाद गिरी ठगीको आरोपमा जेल परे । म्याग्दी कारागारमा २ वर्ष १३ दिन बिताए । कारागारमै बस्दा उनको एकल महिलासँग भेट भयो र, उनीहरुको हिमचिम पनि बढ्यो ।

जेलबाट छुटेपछि बिहे गर्छु भन्ने प्रलोभन देखाए । र, म्याग्दी जेलबाट छुटेपछि उनीहरुको काठमाडौंमा भेट पनि भयो । नेत्रप्रसादले ‘प्रेमिका’की भाइलाई विदेश पठाइदिने प्रलोभन देखाए र आफन्तको नाममा पैसा जम्मा गर्न पनि लगाए । तर, जब पैसा हात पर्‍यो, उनी फरार भए ।

झण्डै सात महिनाअघि पीडित महिला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी गर्न पुगिन् । र, प्रहरीले नेत्रसँगै यो ठगी भन्दामा संलग्न पाँचथरका रविन केसी भन्ने रविनकुमार चिमरियालाई पक्राउ गरेको छ ।

सितापाइला बस्ने दुबै मिलेर आफूहरु सम्पन्न व्यक्ति भएको भन्दै युवतीहरुलाई विवाह गर्छु, विदेश पठाउँछु भनेर ठगी गर्ने परेको पाइएको छ ।

सीआईबीकी प्रहरी उपरीक्षक मिरा चौधरीका अनुसार उनीहरुले विवाहित तथा अविवाहित युवतीहरुलाई आफ्नो नाम थर ढाँटेर इन्जिनियर, ब्यापारी हुँ भन्दै प्रलोभनमा पार्ने गरेको पाइएको छ । विवाह गर्छु भन्दै युवतीहरुलाई आफ्नो जालमा पार्ने र समस्यामा परेँ भन्दै रकम माग्ने उनीहरुको ठगी धन्दाको काइदा भएको खुलेको छ ।

सीआईबीले यसलाई ठगीको नविन प्रवृत्ति भएको बताएको छ । र, नेत्र र रविनबाट ठगिएको भए तत्काल अनुसन्धान ब्यूरोमा सम्पर्क गर्न समेत अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment