शुक्रबार, ७ माघ, २०७३
OnlineKhabar.com

विमानस्थल निर्माणको काम सुरु भएन

aeroplane-black-list-biman
१४ पुस, सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कमा निर्माण हुने अर्घा भगवती विमानस्थलको शिलान्यास भएको छ महिनासम्म पनि काम सुरु भएको छैन ।

सन्धिखर्क नगरपालिका–१३ धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको विमानस्थलको गत असार १३ गते तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरेका थिए ।

शिलान्यास भएको छ महिना बितिसक्दा पनि विमानस्थल निर्माणको काम सुरु नै नभएपछि विमानस्थल बन्छ र छिटोछरितो यात्रा गर्न पाइएला भनेर आश गरेर बसेका अर्घाखाँचीवासी अब विमानस्थल नबन्ने त हैन भनेर चिन्ता व्यक्त गरेका छन् ।

जिल्लावासी अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहबामा गएर हवाई यात्रा गरिरहेका छन् ।

२०७३ पुष १४ गते ११:१२ मा प्रकाशित
अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

Also you may like this