Comments Add Comment

‘राधे’मा ‘कमान्डो’ बने निखिल, यस्तो छ फस्टलुक

radhe-first-look
नायक निखिल उप्रेतीको शिर्ष भूमिका रहेको चलचित्र ‘राधे’को फस्टलुक सार्वजनिक गरिएको छ । वैशाख १ गते रिलिज गर्ने तयारीका साथ निर्माता सुशिल पोख्रेलले फस्टलुक रिलिज गरेका हुन् ।

जसमा नायक निखिल उप्रेतीलाई  कमान्डोको अवतारमा देखाइएको छ । हरि ओम् सिने मेकर्सको ब्यानरमा तयार भएको यो चलचित्रलाई सुशिल पोख्रेलले निर्माण गरेका हुन् ।

चलचित्रमा लेखन तथा निर्देशन जगदिश्वर थापाको छ । हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन रहेको चलचित्रमा निखिलका अलवा प्रियंका कार्की, अशिष्मा नकर्मी, शिशिर भण्डारी, प्रमोद अग्रहरि र सलोन बस्नेतको मुख्य भूमिका छ ।

दर्शक अहिले एड्भान्स भैसकेको भन्दै नेपाली चलचित्रमा पहिलो पटक फरक कथामा चलचित्र निर्माण गरिएको दाबी निर्माता पोख्रेलले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment