Comments Add Comment

मलेसियामा अब नेपाली कामदारले लेबी तिर्नु नपर्ने

Malaysia

१६ पुस, काठमाडौं । मलेसियामा कार्यरत नेपाली कामदारहरुले अब लेबी तिर्नु नपर्ने भएको छ । मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नु पर्ने निर्णय गरेको हो, जसको प्रत्यक्ष लाभ नेपालीसहित त्यहाँ कार्यरत विदेशी कामदारलाई हुनेछ ।

गृहमन्त्री अहमद जाहिद हमिदीले विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिएका छन् । यो भोलि १ जनवरीबाटै लागू हुनेछ ।

यो नयाँ नियम ‘इम्प्लोयर म्यान्डेटोरी कमिटी (ईएमसी)मातहत आएको हो, जसकेा उद्देश्य रोजगारदातालाई विदेशी कामदारप्रति जिम्मेवार बनाउनु रहेको छ ।

बर्नामा‘का अनुसार नयाँ नियम अनुसार कामदार आफ्नो मुलुक नफर्किएसम्म रोजगारदाता पूर्ण जिम्मेवार हुनु पर्नेछ ।

गृहमन्त्री हमिदीले विदेशी कामदारको रेखदेख तथा अवस्था मूल्यांकन गर्न जिम्मेवारी र अवलोकन सम्वन्धी मापदण्ड छिट्टै ल्याउने बताएका छन् ।

मलेसियाले कामदारको ‘सेक्युरिटी डिपोजिट’बारे पनि पुनरावलोकनको तयारी गरेको छ ‘अहिलेको दर निकै कम र विदेशी कामदारको करार अवधि समाप्त भएपछि रोजगारदाताले फिर्ता पठाउने क्रम प्रभावकारी छैन ‘ गृहमन्त्री हमिदीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment