Comments Add Comment

वेलायतमा सकियो दयाहाङ र प्रियंकाको ‘ह्याप्पी डेज’को छायांकन(फोटो फिचरसहित)

dayahang-and-priyanka
यो बर्ष चलचित्र ‘बीर विक्रम’बाट राम्रै तारिफ कमाएका निर्देशक मिलन चाम्सले आफ्नो नयाँ चलचित्र ‘ह्याप्पी डेज’को छायांकन सकेको बताएका छन् । अनलाइनखबरलाई मिलनले उपलब्ध गराएका तस्बिर हेर्दा चलचित्रको निर्माणमा कुनै पनि संझौता नगरिएको वुझ्न सकिन्छ । dayahng-rai-in-happy-days priyanka-and-sanjay

४५ दिन लगाएर चलचित्रको छायांकन सकिएको निर्माणपक्षले जानकारी दिएको छ । बेलायतमा खिचिएको यो चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, मोनिका गुरुङ, रुपा पुन, रितेश चाम्स, जेन बकल, हुप थापाको मुख्य भूमिका छ ।
priyanka-in-happy-days
चलचित्रका प्रस्तुतकर्ता वीपी खनाल हुन् । चलचित्रमा भवानी शर्मा, हिराल जोशी, मिलन चाम्सको लगानी छ । चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो चलचित्रको मेकिङमा केहि पृथक कुराहरु उपयोग गरिएको निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment