Comments Add Comment

टानको आधिकारिक वेबसाइट ह्याक

१७ पुस, काठमाडौं । ट्रेकिङ एजेन्सी एसोसियसन् अफ नेपालको आधिकारीक वेवसाइट ह्याक भएको छ । टानका अध्यक्ष चन्द्र रिजालले ह्याक भएका कारण आफ्नो वेबसाइट नखुलेको जनाएका छन् । आइतबार बिहानदेखि यो साइट खुलेको छैन ।

taanअनलाइनखबरसँग कुराकानी गर्दै रिजालले भने ‘ह्याक भएपछि हाम्रो बारेमा वेबसाइटबाट जानकारी ल्याउन चाहनेहरुका लागि असुबिधा भएकेा छ, अहिले हामी सुधार गर्न लागिरहेका छौ ।’

उनकाअनुसार वेबसाइट कसले ह्याक गरेको हो भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

ट्रेकिङ व्यवसायीहरुको छाता सङ्गठन टानले आफ्नोबारेमा विभिन्न जानकारीहरु वेबसाइटमार्फत बाड्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment