Comments Add Comment

संसद बैठकमा उपस्थित हुन शीर्षनेताहरुलाई सभामुखको आग्रह, निरन्तर छलफल गराउने तयारी

Onsari-Gharti

१८ पुस, काठमाडौं । सदनको अवरोध तत्काल हट्ने संकेत नदेखिएपछि सभामुख ओनसरी घर्ती मगरले प्रमुख दलहरुलाई संसदमै छलफल गराउने तयारी थालेकी छन् ।

संसदको बैठक आज सोमबार १ बजे बोलाइएको छ । र, आजको बैठकमा आफ्नो दलका शीर्ष नेताहरुलाई उपस्थित गराउन प्रमुख दलका सचेतकहरुलाई आग्रह गरेकी छन् ।

निरन्तर संसदभित्र छलफल गराउने सभामुखको तयारी छ । ‘सभामुखले प्रमुख शीर्षनेताहरुलाई अबको बैठक बोलाउन भनिसक्नुभएको छ र, प्रधानमन्त्रीले पनि राजधानी बाहिर जान्न भन्नु भएको छ, सभामुखका प्रेस सल्लाहकार बविन शर्माले भने, अब संसदमै छलफल गराएर निकास खोज्ने प्रयास गर्ने तयारी छ ।’

सोमबारको संसद बैठक अघि प्रमुख सचेतकहरुसँग छलफल गर्नेछिन् । र, १ बजेको बैठक अवरुद्ध भयो भने केही घन्टाका लागि बैठक स्थगित गरेर दलहरुलाई त्यही छलफल गराउने सभामुख घर्तीको तयारी रहेको संसद सचिवालयले जनाएको छ ।

सरकारले ल्याएको संविधान संशोधन विधेयकको विरोध गर्दै नेकपा एमालेसहितका विपक्षी दलहरुले लगातार संसद अवरुद्ध गर्दै आएका छन् । संसद अवरुद्ध भएको लामो समय हुँदा पनि दलहरुबीच सहमति नजुटेपछि सभामुख ओनसरी घर्तीले हालै मात्र सहमति खोज्न तीन दिनको समय दिएकी थिइन् ।

सोमबारको बैठकमा संविधान संशोधन, निर्वाचनसम्वन्धी विधेयक र अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई समितिमा पठाउने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment