Comments Add Comment

अपडेट- साफ महिला फुटबलको सेमिफाइनलमा नेपालले भारतसँग दुई गोल खायो

nepali-womens-football-team

१८, पुस, काठमाडौं । चौथो साफ महिला च्याम्पियनसीपको पहिलो सेमिफाइनलमा चीर प्रतिद्धन्दी भारतबिरुद्ध खेलिरहेको नेपालले दोस्रो गोल खाएको छ ।

खेलको ५८औं मिनेटमा भारतीय स्ट्राइकर इन्दुमतिले टोलीलाई दुई शून्यको अग्रता दिलाईन् । नेपाली टोलीको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै उनले गोल गरेकी थिइन् ।

यसअघि पहिलो हाफको अन्त्यतिर कमलादेवीको गोलसँगै भारतले खेलमा अग्रता लिएको थियो ।

समूहका तीनै खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको नेपाल भारतबिरुद्ध भने अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment