Comments Add Comment

अनलाइन सपिङमा होसियार ! पक्राउ परे ठग

१९ पुस, काठमाडौं । अनलाइन सपिङको नाममा ठगी हुने गरेको खुलेको छ । यस्तै ठगीमा संलग्न चितवन भरतपुर उपमहनगरपालिका–१३ का २२ वर्षीय दिपेश सापकोटालाई केन्द्रिय अनुसन्धान व्युरोले पक्राउ गरेको छ ।

Pakrauउनले फेसबुकमा मोबाइल सेलिङ एण्ड बाइङ इन नेपाल नामक पेज बनाएका छन् । जसमा विभिन्न ब्राण्डका मोबाईल, ल्यापटप तथा क्यामेराहरु अनलाईनमार्फत खरीद गर्न सकिने भनिएको छ ।

प्रहरीका अनुसार यो सूचना हेरेर सामानह खरीद गर्न ईच्छुक व्यक्तिहरुले सम्पर्क गर्नेहरूलार्इ सापकोटा आफ्नो बैंक खातामा सामानहरुको मुल्य बराबरको रकम जम्मा गर्न लगाई २४ घण्टा भित्र सामान दिन्छु भन्थे ।

तर, आफ्नो खातामा पैसा दाखिला भई सके पश्चात सामान उपलब्ध नगराई ठगी गर्ने गरेको खुल्न आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment