Comments Add Comment

नाटकीय पुनरागमन गर्दै आर्सनलले बर्नमाउथसँग अंक बाँड्यो

arcenal

२० पुस, काठमाडौं । तीन शून्यले पछि परेको अवस्थामा खेलको अन्तिम बीस मिनेटमा नाटकीय पुनरागमन गर्दै आर्सनलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथसँग ३-३ गोलको बराबरी खेलेको छ ।

६० मिनेटभित्र तीन शून्यले पछि परेको आर्सनलका लागि ७०औं मिनेटमा एलेक्सिस सान्चेसको हेडर गोल, ७५औं मिनेटमा लुकास पेरेजको लेफ्ट फुटेट भली र खेलको इन्ज्यूरी समयमा ग्रानित जाकाको पासमा ओलिभर जिरोडको हेडर गोलले आर्सनलले अंक बाड्न सफल भयो ।

८२ औं मिनेटमा एरोन राम्सेलाई डरलाग्दो ट्याकल गरेपछि सिमोन फ्रान्सिस रातो कार्ड खाँदै मैदान बाहिरिएपछि अन्तिम १० मिनेट बर्नमाउथ १० खेलाडीमा समेटिएको थियो ।

यसअघि खेलको १६औं मिनेटमा चार्ली ड्यानीयलले घरेलु टोली बर्नमाउथलाई अग्रता दिलाएका थिए । २०औं मिनेटमा पाएको पेनाल्टी अवसरको कलुम विल्सनले सदुपयोग गरेपछि बर्नमाउथले दोहोरो अग्रता लियो । त्यस्तै ५८औं मिनेटमा फ्रेसरले गोल गर्दै तीन शून्यको अवस्थामा पुर्‍याएका थिए ।

बराबरीपछि आर्सनल शीर्ष स्थानको चेल्सीसँग स्पष्ट ८ अंकले पछि परेको छ । एक खेल कम खेलेको चेल्सीले बुधबार टोटनहृयामसँग खेल्दैछ ।

खेलको म्यान अफ द म्याच आर्सनलका लागि बराबरी गोल गर्ने ओलिभर जिरोर्ड घोषित भए । उनले आर्सनलका लागि पछिल्ला ४ खेलमा ६ गोल गरेका छन् भने दुई गोलका लागि पास उपलब्ध गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment