Comments Add Comment

धौलागिरी आधार शिविर पुग्न ७ दिने नयाँ ‘सेन्चुुरी पदमार्ग’

dhawalagiri-padmarga-trakin
२१ पुस, काठमाडौं । धौलागिरी हिमाल प्रथम (८,१७२ मिटर) को दक्षिणी आधार शिविरसम्म पुग्ने नयाँ पदमार्ग पहिचान गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघले काठमाडौंबाट बिशेषज्ञ टोली बोलाएर ०७२ फागुनमा ‘धौलागिरी सेन्चुरी ट्रेक’ एक्सप्लोर गरेको हो ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा संघले धौलागिरि पदमार्गमा खिचिएका ५० वटा तस्बिरहरुको समेत प्रदर्शनी बिहीबारदेखि सुरु गरेको छ । प्रदर्शनी तीन दिनसम्म चल्ने छ ।

म्याग्दीको सदरमुकाम बेनी बजारबाट झीं, पाखापानी, रायखोर, घ्यासिखर्क, छरी, फेदी, सहस्र भीर, ओडार क्याम्प हुँदै धौलागिरीको आधार शिविर पुगेपछि फर्केर छरी, घ्यासिखर्कबाट चिमखोला, दर्मिजा, दग्नाम हुँदै गलेश्वर मन्दिर भएर बेनीबजारसम्म पदयात्रा गर्न सकिन्छ । काठमाडौंबाट पदयात्रामा निस्कनेहरुले बेनी, झीं, घ्यासिखर्क, फेदी, ओडार क्याम्प, आधारशिविर र दग्नाममा बास बस्नुपर्ने हुन्छ । घ्यासिखर्क, बेनी र फेदीमा आउँदा र जाँदा नै रात बिताउनुपर्छ ।

धेरै पर्यटकले छोटो दुरीका पदमार्गको खोजी गरिरहेको अबस्थामा धौलागिरि सेन्चुरी पदमार्ग चाँडै लोकपि्रय हुने सम्भावना छ । काठमाडौंबाट बेनीसम्म बसमा आउजाउ गर्न दुई दिन लाग्छ भने पदयात्रा गर्न ७ दिन लाग्ने पदमार्ग निर्माणका सयोजक एव हिमालयन म्याव हाउसका प्रबन्ध निर्देशक पवन शाक्यले बताए ।

dhawalagiri-padmarga-2
प्रकृति र संस्कृतिको अनुपम स्वाद चखाउँदै पर्यटकलाई धौलागिरि हिमालको फेदसम्म घुमाउन संघले नयाँ पदमार्ग पहिचान गरेको सयोजक शाक्यले बताए ।

यस काममा नेपाल पर्यटन बोर्ड, टे्रकिङ एजेन्सि्ज एशोसियसन अफ नेपाल (टान), गाउँ पर्यटन प्रबर्धन मञ्च नेपाल, गैरआवासिय म्याग्देलीको संस्था मोना, पदमार्गको झीँ गाउँ, जिविस म्याग्दी र हिमालयन म्याप हाउस लगायतले सघाएका छन् । अध्ययन टोलीको नेतृत्व हिमालयन म्याप हाउसका निर्देशक पवन शाक्यले गरेका थिए ।

टोलीमा गुरिल्ला टे्रल समेत एक्सप्लोर गरेका अध्येता सुरेन्ऽ राना, बेनीका सामाजिक अभियन्ता दिनेशनारायण श्रेष्ठ, पत्रकारद्वय अमृत भादगाउँले र सन्दिप खत्री, प|mेण्ड्स एडभेन्चर टिमका गाइड ङवा तामाङ र दिपक लामा सहभागी थिए ।
यो नयाँ पदमार्गको छरीसम्म बस्ती छ ।

शिकारी, गोठाला र यार्सागुम्बा टिप्न जानेहरुले हिँड्ने गोरेटो पच्छ्याउँदै नयाँ पदमार्ग अध्ययन गरिएको हो । पदमार्ग ४,००० मिटर उचाइमा छ । रघु गंगा नदिको किनारै किनार पदयात्रा गर्नुपर्छ । यात्रामा मगर तथा छन्त्याल जीवनशैली र संस्कृति बुझ्न पाइन्छ ।

पदमार्ग सुधार, संकेत चिहृनको व्यवस्था, गाउँलेलाई अतिथि सत्कार, होमस्टे व्यवस्थापन लगायत तालिम दिएपछि मात्रै यो पदमार्ग दिगो हुने अध्ययन टोलीको निष्कर्ष छ । छरीभन्दा माथि बस्ती छैन । तलका गाउँमा सामान्य खाना, बास र भरिया पाइन्छ । हालका लागि क्याम्पिङ टे्रक संभव छ ।

संघले हिमालयन म्याप हाउससँगको सहकार्यमा धौलागिरि सेन्चुरी टे्रकको नक्सा, र पोस्टर प्रकाशन गरिसकेको छ । बृतचित्र समेत तयार छ । पदमार्ग शुभारम्भका अबसरमा उपस्थितलाई म्याप वितरण गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment