Comments Add Comment

सीएनएनको उत्कृष्ट पाँच बुटिक रिसोर्टको सूचीमा बराही जंगल लज

barahi-chitwan-2

काठमाण्डौ । अमेरिकी न्यूज पोर्टल सीएनएनले भूकम्पपछि थलिएको नेपालको पर्यटनलाई पुनःजागृत गर्न भूमिका खेल्नसक्ने भन्दै नेपालका पाँचवटा बुटिक होटलको सूचिकरण गरेको छ ।
सूचीकृत रिसोर्टमा पहिलोपटक चितवनको बराही जंगल लज पनि परेको छ । भूकम्पपछि नेपालका पुरातात्विक सम्पदाहरुमा क्षति पुगेको र पर्यटन उद्योग पनि थला परेको अबस्थामा मौलिक आर्किटेक्ट सहित निर्माण गरिएका यी बुटिक होटलले पर्यटन प्रर्बद्धनमा ठूलो भूमिका खेल्ने उल्लेख गरिएको छ ।

हाल भारतको पगदुन्दी समूहले ब्यबस्थापन गरिरहेको यो होटल चितवनमा स्थापित लक्जरी रिसोर्टमध्ये एक हो ।

barahi-chitwan-1

चितवन राष्ट्रिय निकुञ्जको छेवैमा रहेका कारण बाराहीबाटै गैंडा लगायतका बन्यजन्तु आँखै अगाडी देख्न सकिन्छ । बाराही रिसोर्ट २० बिगाहा क्षेत्रफलमा फैलिएको छ जहाँ ३४ वटा डिलक्स रुम छन भने एउटा विलासी सुइट छ । त्यसबाहेक ९ बिगाहामा रिसोर्टले अर्गानिक खेती गरेको छ ।

गि्रन होटलको थिममा संचालित बाराहीमा पाहुनाहरुले रिसोर्टभित्र फलेको अर्गानिक तरकारी र सलाद खान पाउँछन् । बाराही पुग्ने पाहुनाले राप्ती नदीमा डुंगा यात्रा गर्न पाउँछन् हात्तिबाट जंगल सफारी र गैंडा लगायत जंगली जनावरको अबलोकन मुख्य बिशेषता हुन् । रिसोर्टमा दुईवटा स्वीमिङ पुल, स्पा, र मसाज लगायतका सुबिधा छन् । हरेक कोठाको कौसीबाट आँखै अगाडी राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्ज देख्न सकिन्छ ।

सुरुमा पोखरामा होटल बाराही संचालन गरेको बाराही समूहले करिव डेढ बर्षअघि मेघौलीमा बाराही जंगल लजका नाममा डिलक्स रिसोर्ट सुरु गरेको थियो । चितवनमा खुलेको यो अहिलेसम्मकै सवैभन्दा ठूलो र स्तरीय रिसोर्ट हो ।

सूचीमा काठमाण्डौको द्वारिका होटल, भक्तपुरको हेरिटेज होटल, पोखराको द प्याभिलियन हिमालय र पाटनको स्वथा ट्रेडिसनल होम पनि परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment