Comments Add Comment

‘लालटिन’को फस्टलुकमा दयामात्र, खोइ त प्रियंका र केकी ?

lalteeen-first-look
चलचित्र ‘लालटिन’को फस्टलुक रिलिज गरिएको छ । यो चलचित्रको फस्टलुकमा नायक दयाहाङ राइलाई मात्र राखिएको छ । भानु प्रतापको प्रस्तुतिमा तयार भएको यो चलचित्र चैत्र १८ गतेबाट रिलिज हुँदैछ ।

एमसन पिक्चर्स प्रालिको ब्यानरमा तयार भएको यो चलचित्रमा अनिम श्रेष्ठ र राज केसीको निर्माण, मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह-निर्माण छ ।

देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, रीया श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

अर्जुन जीसी र वनिश शाहको सम्पादन, भानु प्रताप र किरण माइकलको लेखन रहेको यो चलचित्रमा रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज, डिकेश र भानुप्रतापको नृत्य छ । एक्सन, कमेडी, रोमान्स, सोसल, क्राइम लगायतका बिषयमा चलचित्र बनेको प्रस्तुतकर्ता भानु प्रतापले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment