Comments Add Comment

संविधान संशोधन विधेयक ल्याए संसद अवरुद्ध गर्ने विपक्षी ९ दलको निर्णय

9-dal
फाइल तस्वीर

२४ पुस, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी ९ दलले संसद बैठकमा सरकारले निर्वाचनसम्वन्धी विधेयकहरु ल्याए पेश गर्न दिने निर्णय गरेको छ । तर, संविधान संशोधन विधेयक भने अघि बढ्न नदिने पुरानै अडान दोहोर्‍याएका छन् ।

संसदको बैठक आज दिउँसो बोलाइएको छ । त्यसअघि बसेको विपक्षी ९ दलको बैठकले सर्वोच्चको आदेशको सम्मान गर्दै निर्वाचनसम्वन्धी विधेयक अघि बढ्न दिने निर्णय गरेको छ ।

तर, संविधान संशोधन विधेयक कुनै हालतमा पेश गर्न नदिने निर्णय परिवार दलका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment